आठ वर्षीय बालकले ३१४ किलोकाे शार्क बल्छीमा पर्दै  को रेकर्ड  कायम !

आठ वर्षीय बालकले ३१४ किलोकाे शार्क बल्छीमा पर्दै  को रेकर्ड  कायम !

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २८, २०७६

काठमाडौं, एजेन्सी । अष्ट्रेलियाका आठ वर्षीय  एक बालक जेडेन मिल्लौरोले ३१४ किलो तौल भएको शार्क (ठूलाे माछ) समातेर रेकर्ड कायम  गरेका छन् ।

जेडेन आफ्नो बाबुसँग फिशिंगका लागि सिडनीको साउथ कोस्टभन्दा १६० किमि टाढा ब्राउन माउण्टेनको नजिकको स्थानमा फिशिंगका लागि गएका थिए । जेडेन पोर्ट हैकिंग गेम फिशिंग क्लबका सदस्य पनि हुन् । तथा उनी फिशिंग सिकिरहेका छन् । 

उनका पिताका अनुसार जेडेनले फिशिंगका लागि जिद्दी गरेका कारण उनलाई लगिएको थियो । उनले भने, शार्क हाम्रो डुंगाको पछि पछि आइरहेको थियो । त्यसबेला जेडेनले उनलाई देखे । बल्छी तथा जालको माध्यमबाट शार्क समातिएको हो । तर, शार्कलाई डुंगामा तान्न भने मैले पनि सहयोग गरेको हुँ । 

स्थानीय मिडियाका अनुसार ३१४ किलो तौल भएको शार्क समातेर  जेडेनले २२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । यसभन्दा अघि इयान हिसेले ३१२ किलो तौल भएको टाइगर शार्क समातेर १९९७ मा यो यो रेकर्ड बनाएका थिए ।