पल एलनकाे सुपरयाट करीब ३६९२ करोड रुपैयाँमा बिक्री हुने !

पल एलनकाे सुपरयाट करीब ३६९२ करोड रुपैयाँमा बिक्री हुने !

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २८, २०७६

काठमाडौं, एजेन्सी । माइक्रोसफ्टका को-फाउण्डर पल एलनको ४१४ फिट लामो सुपरयाट करीब ३६९२ करोड रुपैयाँमा बिक्री हुने भएको छ ।

अक्टोपस सुपरयाटको मूल्य करीब ३२.५ करोड़ डलर रहेको बताइएको छ । उक्त याटमा आठ डेक, एक एलिभेटर, एक सिनेमाहल, दुई हेलीप्याड तथा ग्लासबाटम्ड अंडरवाटर अब्जर्भेशन लाउंज रहेको छ । एलनको पछिल्लो वर्ष १८ अक्टोबरमा निधन भएको थियो । 

यो याट बनाउनका लागि एलनले करीब २२७२ करोड़ रुपैयाँ दिएका थिए । यो सुपरयाट २००३ मा लन्च गरिएको थियो । 

एलनको अन्य प्रमुख सम्पत्ति पनि बिक्रीमा रहेको छ । जसमा १.१० करोड डलरको बेवरली हिल्स स्थित प्रपर्टी तथा एक मिग प्लेन पनि रहेको छ । जसमा २९ फाइटर जेट सामेल छन् ।

एलनको मृत्युको समयमा उनको नेटवर्थ २०३० करोड डलर रहेको थियो ।