६ किलोको नवजात शिशु जन्मिइन, नाम राखियाे 'बेबी सुमो रेस्लर' !

६ किलोको नवजात शिशु जन्मिइन, नाम राखियाे 'बेबी सुमो रेस्लर' !

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  आश्विन २८, २०७६

काठमाडौं, एजेन्सी । अष्ट्रेलियाको सिडनी स्थित वालोगोंग अस्पतालमा २७ वर्षीय इमाले ५.८८ किलोग्रामकी बच्ची रेमीलाई जन्म दिएकी  समाचार छ ।

अष्ट्रेलियामा नवजात शिशुको औसत वजन ३.३ किलोग्राम  रहँदै अएको  । तर, रेमीको तौल भने यो भन्दा झण्डै दोब्बर रहेको छ । यसकारण बच्चीलाई 'बेबी सुमो रेस्लर' भन्ने गरिएको छ ।

बच्चीको वजनका कारण अस्पतालका स्टाफ तथा स्वयं उनकी आमा इमा समेत अचम्ममा परेकी थिइन् । इमाले रेमीलाई ३८ हप्ता  दुई दिनमा जन्म दिएकी हुन् । 
गर्भावस्थामा आमालाई डायबिटीज भएका कारण बच्चीको वजन सामान्य भन्दा अधिक रहने जानकारी पहिल्यै थियो तर पनि रेमीको वजन यत्ति धेरै होला भन्ने अनुमान भने थिएन । 
इमाले जब ३५ हप्तामा अल्ट्रासाउंड गराएकी थिइन त्यसबेला बच्चीको वजन करीब ४ किलो थियो । त्यसबेला देखि नै उनी सामान्य भन्दा अधिक वजनको  बच्चीलाई जन्म दिन लागेकाे अस्पतालले जनाएको थियाे ।