अब एटीएम पनि सुनको  !

अब  एटीएम पनि सुनको  !

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २८, २०७६

काठमाडौं, एजेन्सी । ब्रिटिश सरकारको स्वामित्व रहेको कम्पनी ‘द रोयल मिण्ट’ले संसारकै पहिलो सुनको एटीएम कार्ड बनाएको छ । कम्पनीले यसमा १८ क्यारेट सुनको प्रयोग भएको बताएको छ । यसको मुल्य १८७५० युरो रहेको छ । 

उक्त डेबिट कार्डमा ग्राहकको नाम तथा सही हुनेछ । यसको विशेषता भनेको यो कार्डको प्रयोगमा कुनै ट्रांजेक्शन फी भने लाग्ने छैन । भने विदेशी विनिमय फी पनि लाग्दैन ।

यसकारण यसलाई लग्जरी पेमेंट कार्डको श्रेणीमा राखिएको छ । यो कार्ड केही सीमित ग्राहकलाई मात्र वितरण गरिनेछ । अहिलेसम्म यो कार्ड कतिजनालाई वितरण गरिनेछ भन्ने बारेमा केही जानकारी गरिएको छैन ।