कोकाकोलाले प्लास्टिकको फोहोरबाट ग्रीन बोतल बनाउने

कोकाकोलाले प्लास्टिकको फोहोरबाट ग्रीन बोतल बनाउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २८, २०७६

काठमाडौं, एजेन्सी । पेय पदार्थ उत्पादक अमेरिकी कम्पनी कोकाकोलाले अब समुद्रबाट निकालिएको प्लास्टिकको फोहोरलाई रिसाइकल गरेर पहिलो ग्रीन बोतल बनाउने दावी गरेको छ । कम्पनीका अनुसार उसले ३०० बोतलको पहिलो ब्याच तयार गरिसकेको छ । 

कम्पनीका अनुसार उसले यो धर्तीलाई प्लास्टिकको फोहोरबाट मुक्त गर्नका लागि ग्रीन इनीशिएटिव को कामलाई अघि बढाउनेछ । 

यसका लागि स्पेन तथा पोर्चुगलका ८४ समुद्र किनारबाट प्लास्टिकको फोहोर जम्मा गरिएको थियो । त्यसपछि यसलाई रिसाइकल गर्ने काम गरिएको थियो ।