पारस खड्काद्वारा कप्तानबाट राजीनामा

पारस खड्काद्वारा कप्तानबाट राजीनामा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन २८, २०७६

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्तान खड्काले आफूले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । दश वर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आउनुभएका पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिने घोषणा गर्नुभएको हो ।