नेताज्यूहरू ! तपाईंहरूलाई अलिकति पनि संकोच लागेन ?

नेताज्यूहरू ! तपाईंहरूलाई अलिकति पनि संकोच लागेन ?

निर्जला कक्षपति  |  दृष्टिकोण  |  आश्विन २८, २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण उपलब्धिमूलक रहेको बताउँदै गर्दा सीले दिएका केही सुझावहरूलाई नेपाली नेताहरूले मनन् गर्नुपर्ने भएको छ । कुनै पनि काम समयावधिभित्रै गर्नुपर्ने र गर्छु भनिएका कामहरू गरेरै छाडेका हुनाले चीनमा विकास भएको उहाँको तर्क थियो ।  नेपाली नेताहरूले गफ भने ठूला गर्ने तर काम नगर्ने प्रवृत्तिलाई हटाउनुपर्ने सल्लाह सभामा सीले अप्रत्यक्ष ढंगमा दिनुभएको थियो । 

चीन काम गरेरै माथि पुगेको हो भन्नसमेत उहाँलेले भ्याउनुभयो । सत्ता कब्जा गरेर आफूले शासन नगरेको बताउँदै उहाँले राम्रो काम गरेकै हुँदा चिनियाँ जनताले कम्युनिस्ट शासनलाई मनपराएको बताउनुभएको थियो ।
कुनै पनि मानिसले लगानी गर्छ भने त्यसबाट उसले उपलब्धि खोज्छ । यो मानवीय स्वभाव हो । दिएका सहयोग रकमको सदुपयोग होस् र त्यसबाट त्यहाँका जनता लाभान्वित होऊन् भन्ने चाहना सहयोगकर्ताको हुन्छ । तर, हाम्रो देशमा जुनसुकै क्षेत्रमा होस्, राजनीतिक प्रभाव यति धेरै छ कि समयावधिभित्र काम सम्पन्न गर्नसमेत मुस्किल पर्छ । राजनीतिक खिचातानी र भागबन्डाले गर्दा हरेक क्षेत्रमा प्रभाव पारेका कारण बाह्य शक्ति पनि सहयोग गर्न हिचकिचाउन थालेका छन् । 

काम गर्दा हरेक क्षेत्रमा डेडलाइनको निकै ठूलो महत्त्व हुन्छ । तोकिएको निश्चित समयावधिभित्र सम्पन्न गर्न नसकिएका कामहरूको खासै महत्त्व हुँदैन । काम सम्पन्न गरिए पनि समयावधिभित्र गरिएका कामहरूले जति प्राथमिकता पाउँछन्, डेडलाइन सकिएका कामहरूले त्यत्ति महत्त्व पाउँदैनन् । उल्टो जनताको मनमा नैराश्य उत्पन्न भइसकेको हुन्छ र विश्वासको वातावरणसमेत रित्तिइसकेको अवस्था हुन्छ । 

विना तयारी मित्र राष्ट्रहरूलाई सहयोगको आह्वान गर्ने र विकासको कामको जिम्मा दिँदा असफलसमेत हुने गरेको छ र स्थानीय तवरबाटै विरोध गरिँदा विकासका कामहरू सम्पन्न हुन सकेका छैनन् ।

अर्को महत्त्वपूर्ण कुरा भनेको, काम गर्दा हरेक क्षेत्रमा डेडलाइनको निकै ठूलो महत्त्व हुन्छ । तोकिएको निश्चित समयावधिभित्र सम्पन्न गर्न नसकिएका कामहरूको खासै महत्त्व हुँदैन । काम सम्पन्न गरिए पनि समयावधिभित्र गरिएका कामहरूले जति प्राथमिकता पाउँछन्, डेडलाइन सकिएका कामहरूले त्यत्ति महत्त्व पाउँदैनन् । उल्टो जनताको मनमा नैराश्य उत्पन्न भइसकेको हुन्छ र विश्वासको वातावरणसमेत रित्तिइसकेको अवस्था हुन्छ । 

चीनले सहयोग गरेको बाँसबारी छाला जुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, ट्रली बस सेवा अहिले संचालनमा छैनन् । माल पाएर चाल नपाउने हामी नेपालीहरूको बानी नै हो भन्दा पनि कुनै फरक पर्दैन । कुनै एक समयमा निकै राम्ररी संचालन भएका छाला जुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, ट्रली बस सेवामा राजनीतिक खिचातानीका कारण बन्द हुन पुगेको प्रमाण हामी सामु प्रष्ट छ । यसैगरी चाइनाको सहयोगमा निर्माण भएको हरिसिद्धी इट्टा टायल कारखाना, भृकुटी कागज कारखाना, हिमाल सिमेन्ट कारखाना, बाँसबारी छाला तथा जुत्ता कारखाना पनि बन्द हुन पुगे । यसरी संचालनमा आएका कारखानाहरू बन्द हुँदा लगानीकर्ताले त्यस्तो देशमा फेरि लगानी गर्ने कि नगर्ने भनेर सोच्नु स्वाभाविकै हो । फेरि सहयोग गर्नेले एकचोटप गर्छन्, आफ्नो खुट्टामा उभिने प्रयास आफैँ गर्नुपर्छ । 

अरू आएर गरिेदेलान् अर्थात् अरूले देला र खाऊँला भनी बस्दा आफू सधैँ माग्ने भइन्छ भन्ने कुरा बुझ्न आवश्यक भइसकेको छ । हाम्रा नेताहरू गफ मात्र ठूला गर्छन्, काम गर्दैनन् भन्ने कुरा राष्ट्रपति सी चिनफिङले बुझिसकेको अवस्थामा के अन्य राष्ट्रका राष्ट्र प्रमुखहरूले पनि नेपालमा के भइरहेको छ, नेताहरूले के काम गरेका छन्, नेताहरू इमान्दार छन् कि छैनन् , नेताहरूमा कामप्रतिको लगन र प्रतिवद्धता कति छ भन्न्ने कुरामा चासो नराखेका होलान् त ?

हामी काम गरेरै माथि पुगेका हौँ भनेर राष्ट्रपति सीले भनिरहँदा दशैँको मौकामा टेलिभिजन हेरेर लाइभ हेरिरहेका धेरै जनताले भने हाम्रा नेताले काम गर्दैनन् भन्ने कुरा  सीले पनि बुझेका रहेछन् । अहिलेका हाम्रा नेतामा इमान्दारी र कडा परिश्रम गर्ने बानी भइदिएको भए देशको यो गति हुने थिएन भन्ने धेरैको मुखबाट सुनियो । भन्नलाई चाहिँ राष्ट्रको सेवा गर्ने भन्ने देश र जनताको भलाइका लागि काम गर्छु भनेर प्रतिबद्धता जनाउने तर व्यवहारमा पटक्कै नउतार्ने हाम्रा नेताको बानीले नेपाली जनता आजित भइसकेका छन् । 

आफू पदमा पुगेपछि सबभन्दा पहिले आफू बन्ने, सुख सुविधा सबै आफैँले भोग्ने, आफ्नो भरपूर विकास गर्ने, त्यसपछि आफ्ना नातागोता सबैलाई ठाउँमा पुर्‍याउने परम्परा नेपाली राजनीतिमा देखिएको छ । देश र जनताका लागि भनेर अहिलेसम्म कोही पनि नेता जन्मिएका छैनन् भन्दा पनि हुन्छ ।

व्यक्तिगत सम्पत्ति थुपार्ने र भष्ट्राचार गर्ने नेता कम्युनिस्ट हुन सक्दैनन् । देशको विकासका लागि यसले घात पुर्‍याउँछ । अहिले हाम्रो देशमा पनि कम्युनिस्ट शासन छ ।  कम्युनिस्ट नेताहरूले यो कुरा बुझ्नु आवश्यक भइसकेको छ । भ्रष्टाचार र जनताको सेवा गर्छु भनेर आफू धनी बन्ने परम्परा गणतन्त्रका लागि उत्तिकै हानिकारक छ ।  

 

मिहिनेत र कडा परिश्रमले मानिसलाई अवश्य पनि उच्च स्थानमा पुर्‍याउँछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रयास, मिहिनेत र राष्ट्रप्रतिको सर्मपण हामी सबैलाई थाहा भएकै कुरा हो । उहाँले यदि कडा मिहिनेत नगरेको भए राष्ट्रलाई त्यो उचाइमा पुर्‍याउन सयदै सक्नुहुन्थ्यो । जापान, चीन, भारत जुनसुकै राष्ट्रको कुरा गरे पनि देशको विकास र परिवर्तनका लागि त्यहाँका नेताहरूले अथक परिश्रम, मिहिनेत र  आफ्नो जीवनको महत्त्वपूर्ण समय लगानी गरेका हुन्छन् । 

सी चिनफिङले आफ्नो सम्बोधनको क्रममा पटक पटक भन्नुभएको थियो- व्यक्तिगत सम्पत्ति थुपार्ने र भष्ट्राचार गर्ने नेता कम्युनिस्ट हुन सक्दैनन् । देशको विकासका लागि यसले घात पुर्‍याउँछ । अहिले हाम्रो देशमा पनि कम्युनिस्ट शासन छ ।  कम्युनिस्ट नेताहरूले यो कुरा बुझ्नु आवश्यक भइसकेको छ । भ्रष्टाचार र जनताको सेवा गर्छु भनेर आफू धनी बन्ने परम्परा गणतन्त्रका लागि उत्तिकै हानिकारक छ ।  

हाम्रो देशको उत्तरमा चीन र दक्षिणमा भारत रहेका छन् । यी दुवै राष्ट्र क्षेत्रफलको हिसाबले निकै ठूला छ । दुवै राष्ट्रले तीब्र रूपमा विकास गरिरहेका छन् । दुवै छिमेकी राष्ट्रसँग नेपालको सम्बन्ध राम्रो छ । परेका बेला दुवै छिमेकी राष्ट्रले सहयोग गर्छन् पनि । अब हाम्रा नेताहरू पनि आफ्नो देश र र यहाँका जनताप्रति समर्पित भएर दिल लगाएर काम गर्न ढिलो भइसकेको अवस्था छ । जसरी आफू कमजोर भइयो भने अरूले फाइदा उठाउन सक्छन्, त्यसैगरी राजनीतिक खिचातानी र गफ मात्र गर्ने बानीले छिमेकीहरुले पनि पत्याउँदैनन् । 

नेताज्यूहरू, छिमेकी देशका राष्ट्र प्रमुख आएर हामी काम गरेरै अघि बढेका हौँ, कामलाई प्रमुख प्राथमिकता दिनुपर्छ भनी तपाईंहरूसँग आफ्ना अनुभव साट्दा तपाईंहरूलाई अलिकति पनि संकोच लागेन ?