मनाङको उच्च हिमालीभेगमा नेपाल प्रहरीकाे गस्ती, पर्यटकलाई जिल्ला आउन आब्हान

मनाङको उच्च हिमालीभेगमा नेपाल प्रहरीकाे गस्ती, पर्यटकलाई जिल्ला आउन आब्हान

लोकसंवाद संवाददाता  |  पर्यटन  |  आश्विन २९, २०७६

मनाङ । मुलुकमा पर्यटन बर्षको  तयारीकाे क्रममा नेपालमा आउने पर्यटकहरुलाई सुरक्षा दिन नेपाल प्रहरीले समेत सशक्त रुपमा तयरी थालेकाे छ ।

नेपाल प्रहरीका अनुसार  पर्यटकीय क्षेत्र भएका जिल्लाहरुमा त्यहाँ कार्यरत सुरक्षा प्रमुखहरुले विशेष रणनिति तायर गर्न सुरु गरिसकेका छन् । यसैक्रममा मनाङ प्रहरीले पनि पर्यटक सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर विभिन्न रणनितिहरु तय गर्दैै विशेष सुरक्षा योजना लागु गरिसेकेका मनाङको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक (डिएसपी) टीका वहादुर कार्कीले जानकारी दिनु भएकाे छ ।

यतिवेला जिल्लामा आउने पर्यटकको लागि सिजन सुरु भएको र आफ्नो महत्वपूर्ण समयको ब्यवस्थापन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्ला भित्रिनेको संख्या बढ्दै  गएकाे समेत कार्कीले जानकारी दिनुभयाे  । जिल्ला आउने पर्यटकको पहिलो रोजाई तिलिचो ताल हुने गरेकाे छ ।  उच्च स्थानमा रहेको मनोरम तिलिचो तालमा पुग्ने पर्यटकको संख्या वढ्दै गर्दा त्यहाँ पुग्ने पर्यटकको सुरक्षाकाे प्रवन्ध मनाङ प्रहरी मिलाएकाे जनाएकाे  छ ।

पर्यटकको सुरक्षाका लागि मनाङ प्रहरीले तिलिचो तालसम्म नै प्रहरी गस्ती सुरु गरिसकेकाे छ । अन्नपूर्ण पदमार्ग अन्तरगत पर्ने महत्वपूर्ण गन्तब्य तिलिचो तालमा पुग्ने पर्यटकको सुरक्षाका लागि प्रहरी गस्ती सुरु गिरदा आन्तरिक तथा बाह्य पर्यटकहरु सुरक्षित महसुस गर्नृ थालेकाे बताइन्छ । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको चाप बढेसंगै उनीहरुको सुरक्षाका लागि प्रहरी तिलिचोसम्म पुगेको हो । यो हाम्रो दायित्व र जिम्मेवारी दुवै हो, डिएसपी कार्कीले भने, प्रहरी सहायक निरीक्षक मोहदत्त शर्माको कमाण्डमा प्रहरी टोली त्यहाँ पुगेको छ । यसले पर्यटकलाई पनि आफु सुरक्षित छु भन्ने महशुस गराउनेछ  । 

गस्तीसंगै डिएसपी टिका वहादुर कार्कीको कमाण्डमा ५१०६ मिटर उचाईमा रहेको लार्केपासमा गस्ती तथा ४१७५ मि. उचाईमा रहेको नार्पाभूमी गाउँपालिका १ मा पर्ने नार गाउँमा पुगी गाउपालिका अध्यक्ष लगायत जनप्रतिनिधिसंग सुरक्षा समबन्धी छलफल समेत गरिसकेकाे छ । 

त्यसैगरी प्रहरी निरिक्षक सबिन भण्डारीको कमाण्डमा ५४१६ मिटर उचाईमा रहेको थ्रोङलापासमा, प्रहरी नायव निरिक्षक रामवहादुर बानिया र राजेश मल्ल ठकुरीको कमाण्डमा ५००२ मिटर उचाईमा रहेको काजिन सारा तालसम्म मनाङ प्रहरीले गस्ती गर्दै सुरक्षा प्रदान गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ग्रामिण पर्यटकीय सामुदायिक गस्ती सञ्चालन समेत गरिएकाे छ । 

 जिल्लामा रहेका र जिल्ला भित्रिने सवै नागरिकको जीउधनको सुरक्षाको लागि प्रहरी दत्तचित्त भएर लागिपरेको छ । सुरक्षाको कुनै पनि चिन्ता नगरी मनाङमा आउन डिएसपी कार्कीकोे आग्रह समेत गर्नु भएकाे छ ।

गण्डकी प्रदेशमा आउने पर्यटकहरु सवैतिरबाट मनाङ भित्रिने भएकाले पनि यहाँ सूचना संयन्त्रलाई थप प्रभावकारी बनाउनु पर्नेछ । मुस्ताङ, गोरखा र तनहुँ तिनतिरैबाट यहाँ आन्तरिक र वाह्य पर्यटक आउने गर्दछन ।

त्यसैले उनीहरुको सुरक्षा र सूचना दिने दुवै महत्वपूर्ण काम मनाङ प्रहरीले गरिरहेकाे छ । यसलाई थप प्रभावकारी बनाउने काम पनि सुरक्षा गस्तीले गर्ने डिएसपी कार्कीले वताए ।अहिलेको सिजनमा मनाङमा दैनिक १ हजार भन्दा बढि पर्यटक भित्रिने गरेका छन ।

विगत बर्षदेखि विदेशी र स्वदेशी पर्यटक लगभग बराबरीको संख्यामा मनाङ आउने गरेका छन । गण्डकी प्रदेशले आन्तरिक पर्यटन बर्ष मनाईरहँदा यहाँ आउने पर्यटकको सुरक्षा र सुचना प्रणालीलाई ब्यवस्थित गर्न थप ध्यान दिनुपर्ने त्यहाँ घुमेर आएका व्यवसायी दिनेशकुमार चुकेले बताउनुभएकाे छ