अन्नपूर्ण चेम्बर अर्केष्ट्रद्वारा ‘शरदीय वृन्दावादन’ प्रस्तुत

अन्नपूर्ण चेम्बर अर्केष्ट्रद्वारा ‘शरदीय वृन्दावादन’ प्रस्तुत

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन ३०, २०७६


काठमाडाैँ । तलेजु धनकुमरी कोषको आयोजनामा अन्नपूर्ण चेम्बर अर्केष्ट्रको प्रस्तुती ‘अन्नपूर्ण शरदीय वृन्दावादन २०७६’ यही २०७६ असोज २९ गते बुधाबारका दिन नेपाल प्रज्ञ–प्रतिष्ठानको कमलादीको हलमा सम्पन्न भएको छ । 

नेपाली, नेर्वेजियन तथा अन्य विदेशी कलाकारहरुको प्रस्तुती रहेको वृन्दवादन समारोहको शुरुवात नेपाली राष्ट्रिय गानको धुन र नेर्वेको राष्ट्रिय धुनबाट भएको थियो । विभिन्न नेपाली  र नेर्वेका गरेर २८ वटा गीतका धुनहरु कलाकारहरुले पस्किएका थिए । 

उक्त समारोमा वृन्दवादन समारोमा प्रस्तुत गरिएका  नेपाली गीतहरुमा माच्छी मारन, म मरे पनि मेरो देश, नेपाल जाननिम बन्दे, पोहोरसाल खुशी फाट्दा, देशले रगत मागे, हे आमा नेपाल तिमीलाई, केही मिठो बता गर, आज किन साथी मलाई, एउटा मान्छेको माया, गोरेटो त्यो गाउँको र आजै सबै याद लगायत रहेका थिए । 

विभिन्न विद्यालयहरुको विद्यार्थीहरुको सहभागीता रहेको समारोहमा उक्त कार्यक्रमा सबै कलाकारहरुलाई अभिनन्दन समेत गरिएको थियो ।   कार्यक्रमकाे संयाेजन स‌ंगितकार अम्बर गुरङका शिस्य राजकुमार श्रेष्ठले गनुभएको थियाे ।  

तलेजु धनकुमरी कोषका अनुसार सङ्गीत महर्षि अम्बर गुरङ र स्वर सम्राट नारायणागाेपाल  नेपाललमा  वृन्दावादनकाे एउटा अर्केष्ट्र बनाउने आकाङ्क्षा रहेकाे तर उहाँहरु जीवीत रहुनजेल  उक्त  आकाङ्क्षा पुरा नभएकाे अहिले आएर  पुरा भएकाे  छ । यसरी अन्नपूर्ण चेम्बर   अर्केष्ट्रकाे नमाकरण समेत गरिएकाे छ ।