विज्ञान चर्चा : अणुभित्रको खोजी

विज्ञान चर्चा : अणुभित्रको खोजी

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन ३, २०७५

सबै वस्तुको निर्माण स–साना कणबाट मिलेर भएको हुन्छ भन्ने जानकारी कुनै नौलो होइन । आधुनिक विज्ञानले यसको श्रेय ब्रिटिस नागरिक रसायनशास्त्री जोन डाल्टनलाई दिन्छ । 

तर, ग्रीक विद्वानद्वय लिउसिप्पस र डेमोकर्टसले ईसापूर्व नै यो अवधारणा ल्याएका थिए । यस अवधारणालाई ग्रीक विद्वान एरिस्टोटलले ‘वाहियात’ भनी प्रचलित हुन दिएनन् । भारतीय ऋषि कणाद्को समयकालबारे यकिनसाथ केही भन्न सकिन्न । कणाद्ले पनि सबै वस्तु स–साना कणले बनेका हुन्छन् भनेका थिए । र, उनले यी कणलाई ‘अणु’ नाम दिए । 

गुरु शिष्य परम्पराको सौन्दर्य भन्नु नै यसमा छ कि गुरुले गरेको कार्य शिष्यले अझ गहिराइमा पुर्याओस् । 

 

सन् १८०३ मा जोन डाल्टनले विभिन्न प्रयोगबाट प्रमाणित गरे– सबै वस्तु स–साना कणले मिलेर बनेका हुन्छन् । र, यी कणलाई नाम दिइयो– ‘एटम’ । ‘एटम’ शब्द ‘एटोमोस’बाट बनेको हो, यसको अर्थ हुन्छ– जसलाई काट्न टुक्र्याउन सकिन्न । धेरै वर्षसम्म ‘एटम’ लाई अविभाज्य मानियो । 

फोटोमा रहेका त्रिमूर्तिमध्ये एक व्यक्ति जोसेफ जाँन थामसन हुन् । यी ब्रिटिस नागरिकले भने सन् १८९७ मा आएर ‘एटम’भित्र पसी छाडे । र, यिनले ‘एटम’लाई टुक्र्याई दिए । यिनले ‘एटम’भित्र ‘इलेक्ट्रोन’ रहेको हुन्छ भन्ने प्रमाणित गरे । सन् १९०६ को नोबेल पुरस्कारबाट सम्मानित भए थाम्सन । 

गुरु शिष्य परम्पराको सौन्दर्य भन्नु नै यसमा छ कि गुरुले गरेको कार्य शिष्यले अझ गहिराइमा पुर्याओस् । 

जे.जे. थामसनका विद्यार्थी अर्नेस्ट रदरफोर्ड पनि के कम ! यिनले ‘एटम’भित्र ‘इलेक्ट्रोन’ मात्रै होइन, ‘प्रोटोन’ भन्ने अर्को कण पनि हुन्छ भन्ने प्रमाणित गरे । गुरु शिष्य परम्परा यहीँ रोकिएन । रदरफोर्डका शिष्य जेम्स चैडविकले सन् १९३२ मा ‘एटम’भित्र रहेको अर्को एउटा कण पत्ता लगाए, त्यो थियो ‘न्यूट्रोन’ । 

जे.जे. थामसनले सन् १९०९ मा नोबेल पुरस्कार पाए । यसैगरी सन् १९३५ को नोबेल पुरस्कार जेम्स चैडविकलाई प्राप्त भयो । 

‘सब पार्टिकल फिजिक्स’को यात्रा जे.जे. थामसनबाट प्रारम्भ भयो । यो यात्रा अनवरत जारी छ । थामसन महोदय साँच्चै नै भाग्यमानी रहेछन् ।

आफू स्वयंले ‘एटम’भित्र ‘इलेक्ट्रोन’ खोजे । १२ वर्षभित्र सन् १९०९मा उनका शिष्य अर्नेस्ट रदरफोर्डले ‘प्रोटोन’ पत्ता लगाए । र, अर्को २ x १२ वर्ष (२४ वर्ष) नपुग्दै उनका शिष्यका शिष्य जेम्स चैडविकले ‘न्यूट्रोन’बारे पत्ता लगाए । 

थामसनको मृत्यु ३० अगष्ट सन् १९४० मा भयो । ‘न्यूट्रोन’को खोज हुँदा उनी ७६ वर्षका भइसकेका थिए । यी तीनै वैज्ञानिक बेलायतका नागरिक थिए ।