पुरुषको प्रेग्नेंसी टेस्ट,  चिकित्सा विधाकाे  खिल्ली !

पुरुषको प्रेग्नेंसी टेस्ट,  चिकित्सा विधाकाे  खिल्ली !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक १, २०७६

काठमाडौँ, एजेन्सी । भारतीय राज्य झारखण्डमा  जब दुईजना युवक पेट दुखेको समस्या लिएर सरकारी डाक्टरकहाँ पुगे, तब डाक्टरले उनीहरुलाई प्रेग्नेंसी टेस्ट गर्नका लागि  सिफारिस लेखिदिए ।

बेगूसराय जिल्लाको सिमरिया स्थित रेफरल अस्पतालमा चोरबोरा गाउँका दुईजना युवक पेट दुखेको समस्या  लिएर अस्पताल पुगेका थिए । उनीहरुको जाँच डाक्टर मुकेश कुमारले एंटी नेटलले परिक्षाणा गरि  (एएनसी) टेस्ट गर्नका लागि लेखेका थिए ।

यो टेस्ट गर्भवती महिलाका निम्ति गर्ने गरिन्छ । युवकलाई यो विषयमा त्यसबेला मात्र जानकारी भयो जब उनलाई प्याथोलोजी ल्याब गए ।  यो मामिला शोसल मिडियामा बाहिर आएपछि अहिले अस्पताल तथा डाक्टरको खिल्ली उडाउने थालिएको छ ।

सिभिल सर्जन डाक्टर पासवानका अनुसार यसका बारेमा एउटा जाँच आयोग नै  बनाएर छानविन अगाडि बढाइएको छ ।