दिक्तेल बहुमुखी क्याम्पसमा नयाँ नेतृत्व

दिक्तेल बहुमुखी क्याम्पसमा नयाँ नेतृत्व

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १, २०७६

खाेटाङ । दिक्तेल बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति गठन गरिएको छ ।  २०७६ असाेज ३० गते बिहीबार सम्पन्न तेस्रो क्याम्पससभाबाट देवीप्रसाद रिजालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा दुर्गाजयन्ती राई, सदस्यमा कुमार आचार्य, बीणादेवी राई, टङ्क थापा, सुमानबाबु आचार्य, ललितकुमार राई, रामचन्द्र राई र झुलेन्द्र विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । रिजाल क्याम्पस सञ्चालक समितिको अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो ।

चार मनोनित र आठ पदेन सदस्य भने पछि थप गर्नेगरी समिति गठन गरिएको छ । तेस्रो क्याम्पससभाको अवसरमा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष, पूर्वक्याम्पस प्रमुख एवम क्याम्पस स्थापना गर्न महत्वपूर्ण योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । उहाँहरुलाई सांसद विशाल भट्टराईले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको क्याम्पस प्रमुख हरिकुमार राईले जानकारी दिनुभयो । 

दिक्तेल बहुमुखी क्याम्पस वि. सं. २०३७ असोज १२ गते स्थापना भएको हाे  ।