सुशीलाः अध्ययन, अभ्यास र अभिनयमा रमाएकी प्रतिभा

सुशीलाः अध्ययन, अभ्यास र अभिनयमा रमाएकी प्रतिभा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक १, २०७६

आधुनिक, पप र लोकगीतलगायत सबै विधा र शैलीका म्युजिक भिडिओमा एउटा पूmर्तिदार प्रतिभा देख्न र हेर्न पाइन्छ । नृत्य र अभिनयमा एउटा आशालाग्दो र भरोसा योग्य व्यक्तित्वका रूपमा लिन थालिएको छ । प्रतिभाको डबलीमा खरो उत्रिएकी एक युवतीको कला यात्रा धेरै अघि बढेको र  अब पछि नफर्किने ठाउँमा पुगेको छ । यात्रा अविराम अघि बढिरहेको छ ।

कला यात्राका यी अविराम यात्रीका रूपमा परिचित नाम हो सुशीला थापा मगर । थापा मगरलाई सानैदेखि नृत्यमा रुचि रहेको र स्थानीय रङ्गमञ्चहरूमा प्रतिभा देखाउने अवसर प्राप्त भयो । उक्त अवसरले भारी प्रशंसा बटुल्नेदेखि नृत्यप्रतिको लगाव बढायो थापा मगरलाई । नृत्यप्रतिको तीव्र चाहनाको बाढी थाम्न नसकेर २०५८ सालमा वीरेन्द्र हमालले सञ्चालन गरेको आर्ट थिएटरमा औपचारिक रूपमा प्रशिक्षणका लागि पुर्‍यायो । यसबाट थापा मगरलाई आफ्नो रुचिको विषयमा सीप र सैद्धान्तिक–व्यावहारिक ज्ञान प्राप्त प्राप्त गर्ने हबसर मिल्यो । 

उक्त प्रशिक्षण माध्यमबाट सुशीलालाई  हौसला र जाँगरमा थप ऊर्जा थपियो, कलाप्रति अनुराग निरन्तर बढ्दै गयो र बढी रहेको छ । समयले आर्ट थिएटरको प्रशिक्षण सकिन साथ सुशीला थापामगरलाई भारतको प्राज्ञ सङ्गीत समिति, अल्लाहबादबाट कत्थक नृत्यसम्बन्धी शिक्षा हासिल गर्ने अवसर प्राप्त भयो । थापा मगरको नृत्यसम्बन्धी ज्ञान र सीप लिने काम सकिएको छैन, निरन्तर जारी रहेको छ । भविष्यमा नृत्य विज्ञ बन्ने थापा मगरको ठुलो चाहना रहेको छ । यद्यपि, थापा मगरको नृत्यमा मात्र सीमित कला क्षेत्रका अन्य आयामहरू पनि  बिस्तारै पहुँच र लगाव रहँदै आएको छ ।

१८ वर्षको उमेरमै (२०५९ सालदेखि) नृत्य क्षेत्रमा दरिलो उपस्थिति रहेको भए पनि सयौँ गीतमा नृत्य तथा मोडलिङ गरेको सुशीला थापाको अर्को क्षेत्र हो । थापा मगरले नृत्य तथा मोडलिङ गरेका ‘सिरीसिरी बतास’, ‘रातो रिबनमा’, ‘पार पार देउसुरे पाइलो’, ‘तिम्रो चोटले जलुँला’, ‘रुकुम सिस्ने काखै’, ‘नाचम्ला नक्कल पारी पारी’ लगायत गीत अडियन्समाझ लोकप्रिय रहेका छन् ।

थापाको प्रतिभाबाट धेरै संस्था र व्यक्तित्वहरू प्रभावित छन् । थापासँग दर्जनौँ संस्थाबाट दर्जनौँ पुरस्कार तथा सम्मान पत्र पाएको लामो सूचि रहेको छ ।थापाले पाएका पुरस्कार तथा सम्मान पत्रको सूची निरन्तर लम्बिँदैक्रम जारी छ  । देशका आधाभन्दा बढी जिल्लाहरूमा पुगेर प्रतिभा प्रदर्शन गर्नुका साथै यिनै प्रतिभाले थापा मगरलाई सिंगापुर, हङ्गेरी, चीन, जापान, भारतलगायतका मुलुकमा पगे ‘स्टेज पर्फमेन्स’ पुर्‍याइसकेको छ । 

नृत्यमा स्थापित हुँदै प्रगतिको शिखरतिर लम्कने र अभिनयमा पनि जम्न  सोच थापा मगरको रहेको छ । एमआर्ट थिएटरद्वारा गरिएको ‘बरिलै’, ‘इडिपस’, ‘भत्केको पर्खाल’, ‘शक्ति माया’, ‘विस्थापितका आवाजहरू’ लगायत नाटकमा अभिनय गरेर थापाले आफ्नो प्रतिभाको थप परिचय स्थापित भइसकेको छ ।  नवलपरासीको बर्दघाटमाको स्थायी बसोबास  र  २०४१ सालमा रुपन्देहीको सालझण्डीमा थापा मगर जन्म भएको हो । २०६४ सालदेखि राष्ट्रिय नाचघरमा जागिरे जीवन चलिरहेको छ । 

सुशीला थापाले पुस्तक कार कृतिमा आधारित नाटकमा पनि अभिनय गरेको अनुभव छ । त्यससँगै सांस्कृतिक संस्थानद्वारा मञ्चन गरिएका ‘कोलाज’, ‘मोदी आइन्’, ‘एक चिहान’, ‘बासबदत्ताको सपना’ यसका दृष्टान्तहरू हुन् । निर्वाचनसम्बन्धी सडक नाटक ‘महा दान’ लगायतमा नाटकमा अभिनय गरेर आपूmमा विद्यमान अभिनय कलाको प्रस्तुति दर्शकले हेरिसकेका छन्  । वीरेन्द्र हमालद्वारा निर्देशित नाटक ‘पृथ्वी’ मा पनि बेजोड अभिनय थापा मगरको रहेको छ । 

तर, थापा मगरको भने निर्देशनभन्दा पनि नृत्य र मोडलिङ क्षेत्रलाई जोड दिने सुर देखिन्छ ।  यद्यपि लघुकथा ‘सहमति’, ‘भत्केको पर्खाल’, ‘विस्थापित आवाजहरू’ मा सहायक निर्देशकको जिम्मेवारी र  निर्देशक कलाको अनुभव थापा मगरसँग रहको छ । तर थापाको चाहना भने नृत्य नै हो । नृत्यपछिको थापको सोख हो, मोडलिङ । आपूmमा निहित इच्छाशक्ति, आँट र प्रतिभाले थापालाई निरन्तर साथ पनि मिलिरहेको छ ।

थापाको प्रतिभाबाट धेरै संस्था र व्यक्तित्वहरू प्रभावित छन् । थापासँग दर्जनौँ संस्थाबाट दर्जनौँ पुरस्कार तथा सम्मान पत्र पाएको लामो सूचि रहेको छ ।थापाले पाएका पुरस्कार तथा सम्मान पत्रको सूची निरन्तर लम्बिँदैक्रम जारी छ  । देशका आधाभन्दा बढी जिल्लाहरूमा पुगेर प्रतिभा प्रदर्शन गर्नुका साथै यिनै प्रतिभाले थापा मगरलाई सिंगापुर, हङ्गेरी, चीन, जापान, भारतलगायतका मुलुकमा पगे ‘स्टेज पर्फमेन्स’ पुर्‍याइसकेको छ । 

नृत्यलाई नै आफ्नो भाग्य रेखा कोर्ने विधाका रूपमा लिने सुशीला थापाले आफ्नो ‘करिअर’लाई अझ मजबुत बनाउन कत्थक, चरिया र लोक नृत्यका विविध पक्षहरूको अध्ययन तर्फ डोर्‍याउदै लगेको छ । । थापा मगरले आफूसँग अन्तर्निहित रहेको कला बाँड्ने  क्रम निरन्तर।र चलिरहेको छ ।  त्यतीमात्र होइन थापा मगरले केही विद्यालयमा विद्यार्थीहरू नृत्य सिकाउने कामले पनि निरन्तरता पाएको छ, । 

थापाले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘टेलिफिल्म डर’ टेलिचलचित्रमा अभिनय,  थुप्रै म्युजिक भिडिओमा अभिनय र भाषा भाषीका चलचित्रमा पनि अभिनय अनुभव छ  । मगर भाषाको ‘मोड्याल्नी’ (लोकन्ती) र गुरुङ भाषाको ‘रेंगो–रेंगो’ (टाढा–टाढा) चलचित्रमा थापाको नायिकाको  बेजोड भूमिकाको स्वाद दर्शकले चाखि सकेका छन् । 

सुशीलाको नृत्य, मोडलिङ र अभिनयमा मिहेनतसाथ मजबुत गोरेटो निर्माण  भइसकेको छ । यही गोरेटोमा सुशीलाको कला यात्रा निर्बाध अघि बढ्नेछ भनेर आशा गर्ने प्रशस्त ठाउँहरू रहेका छन् ।  आशा छ, सुशीलाको करिअरमा समयले रसिलो र पोसिलो फल लगाउने नै छ ।