‘ढाक्यो मायाले’ बाेलकाे नयाँ गीत सार्वजनिक  (भिडियाेसहित)

‘ढाक्यो मायाले’  बाेलकाे नयाँ गीत  सार्वजनिक  (भिडियाेसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक २, २०७६

काठमाडौँ । नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक  गरिएकाे  छ । भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेको साथ  रहेको छ । 

बैँशालु उमेरमा रहेका प्रेमी जोडीको माया प्रेमको कथा देखाउने प्रयास गरिएको भिडियोमा गायिका सम्झनाले मोडल निराजन प्रधानसँग रोमान्स गरेकी छन् । गहिरो प्रेममा रहँदा प्रेमी जोडीले गर्ने क्रियाकलाप भिडियोमा देखाइएको छ ।

 भूपेन्द्र महतको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले छायाँकन गरेको भिडियोमा नकुल खड्काको सम्पादन र राजिव समिरको कोरियोग्राफी रहेको छ ।   

‘ढाक्यो मायाले’ याे म्यूजिक  भिडियाे याे  लि‌ंकमा हेर्न सकिन्छ