काम गरेकाे रकम लिन आएकालाई सिंह लगाई घाइते तुल्याउने पिडक पक्राउ !

काम गरेकाे रकम लिन आएकालाई सिंह लगाई घाइते तुल्याउने पिडक पक्राउ !

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक २, २०७६

काठमाडौं, एजेन्सी ।  पाकिस्तानमा कामवापतकाे रकम माग्न  आएका एकजनालाई पैसा तिर्नुपर्ने व्यक्तिले आफ्नो घरको पाल्तु सिंह छोडिदिएर घाइते तुल्याइ दिएका छन् । 

करीब एक महीना पहिला भएको यो घटना हालै सार्वजिनक भएकाे हो । त्यसपछि पुलिसले आरोपीलाई गिरफ्तार गरेको छ । पीडित भनिएका इलेक्ट्रिशियनले पहिले यसको रिपोर्ट दर्ता गराएका थिएनन् । आरोपीले उपचार खर्च दिन नमाने पछि  मात्र यो केस पुलिस समक्ष आएको हो । 

यो घटना पाकिस्तानको पञ्जाब प्रान्तको शहादरा इलाकाको हो । आरोपी  एक धार्मिक स्थलमा केयरटेकरको रुपमा काम गर्छन् । स्थानीय मिडियाका अनुसार आरोपीले पिडीत  इलेक्ट्रिशियनलाई केही काम लगाएका थिए । तर बारम्बार पैसा माग्दा पनि नदिएपछि उनी पैसा लिन घर गएका बखत दुवैबीच बहस भएको थियो । यस्तैमा आरोपीले आवेगमा आएर आफ्नो पाल्तु सिंह छोडिदिएका थिए । जसका कारण पीडित घाइते भएका थिए । 

तर, पीडितले पुलिसमा जाहेरी नगर्ने गरी केस मिलाएकोमा आरोपितले पैसा नदिएपछि पीडित वाध्य भएर पुलिसकाे शरणमा  समक्ष गएका हुन् । 

अहिले पुलिसले आरोपितलाई सिंह छोडेको तथा उपचार खर्च नदिएको आरोपमा गिरफ्तार  गरिसकेकाे  छ । 

आरोपितसँग सिंह पाल्ने लाइसेन्स भए नभएको तथा सिंह हाल कहाँ छ भन्ने बारेमा  भने पुलिसले कुनै जानकारी दिएको छैन ।