घरमा रहेकाे साधारण ठानिएको पेन्टिंगको मूल्य १६ करोड !

घरमा रहेकाे साधारण ठानिएको पेन्टिंगको मूल्य १६ करोड !

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २, २०७६

काठमाडौँ, एजेन्सी । नाइजेरियाको एक परिवारको घरमा विगत ४८ वर्षदेखि झुण्ड्याइएको २० औं शताव्दीको पेन्टिंग १६ करोडमा बिक्री भएको छ । यसको लिलामी लण्डनको सोथबी अक्शन हाउसमा भएको थियो ।यसलाई नाइजेरियाका कलाकार बेन इनवोनुले सन् १९७१ म बनाएका थिए । 

पेन्टिंग क्रिस्टीन एलिजाबेथ डेविसको हो । उनी बेन इनवोनुको साथी तथा अमेरिकन हेयरस्टाइलिश थिइन् । बेनलाई २० औं शताव्दीको सबैभन्दा प्रभावशाली अफ्रीकी कलाकारमध्ये एक मानिन्छ । 

 अक्सन हाउस सोथबीका अनुसार १३ मिनेटको बडाबडमा यसले अनुमान भन्दा ७ गुना अधिक रकम पाएको हो । परिवारले भने यसलाई एउटा सामान्य पेन्टिंग मानेको थिए। तर, पेन्टिंगको माथि रहेको एउटा हस्ताक्षरको जानकारी जब उनीहरुले गुगलबाट जुटाए तथा यसलाई प्रदशर्नीमा राखे त्यहाँ यसको बोली १६ करोड रुपैयाँ लाग्यो । 

इनवोनुको यो दोस्रो पेंटिंग हो । यसभन्दा अघि २०१८ मा उनको चर्चित तूतू पेंटिंग पनि  १८ करोड रुपैयाँमा बिक्री भएको थियो । यसलाई क्रिस्टीन पेंटिंगको तीन वर्ष पछि सन् १९७४ मा बनाइएको थियो । राजकुमारी तूतू अफ्रीकी मोनालिसाको नामबाट समेत चर्चित छिन् ।