'चिटिङ' रोक्नका लागि विद्यार्थीलाई कार्टुनको प्रयाेग !

'चिटिङ' रोक्नका लागि विद्यार्थीलाई कार्टुनको प्रयाेग !

लोकसंवाद संवाददाता  |  शिक्षा  |  कार्तिक ३, २०७६

काठमाडौं, एजेन्सी । भारतको कर्नाटक राज्यको हावेरी जिल्लाको भगत प्रि—युनिभर्सिटी कलेजमा चिट चोर्ने क्रम  रोक्नका लागि विद्यार्थीलाई कार्टुनको डिब्बा लगाएर परीक्षा दिन लगाइएको छ । 

स्थानीय मिडियाका अनुसार यस निजी कलेजमा पछिल्लो वर्ष निकै नै चिट चोरिएको भन्ने आरोप लागेको थियो । त्यसकारण स्थानीय प्रशासनले यस पटक चिट चोर्न रोक्नका लागि यो तरीका अपनाएको हो । 

यो घटनाको तस्वीर मिडियामा आएपछि कर्नाटक सरकारले कलेजसँग यस विषयमा जबाफ मागेको छ । शिक्षा विभागका डेपुटी डाइरेक्टर एसएस पिराजले यदि कलेजले सन्तोषजनक जबाफ नदिएका खण्डमा कलेजको मान्यता खारेज गर्ने जनाएको छ  ।