महाअभियोगबाट जोगिन अख्तियारका आयुक्त पाठकद्वारा राजीनामा

महाअभियोगबाट जोगिन अख्तियारका आयुक्त पाठकद्वारा राजीनामा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३, २०७५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुभएको छ । उहाँले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । 

संविधानको धारा २३८ बमोजिम आजैदेखि लागू हुने गरी उहाँले आयुक्त पदबाट राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

संसद्ले महाअभियोग दर्ता गर्ने तयारी गरिरहेका बेला कारवाहीबाट जोगिन उहाँले राजीनामा दिनुभएको जानकार बताउँछन् । तर, उहाँले राजीनामा दिए  पनि भ्रष्टाचारको कारवाहीबाट जोगिने अवस्था नरहेको स्रोत बताउँछ । 

संवैधानिक अंगमा रहेको व्यक्तिमाथि कारवाहीको पहिलो प्रक्रिया भनेको महाअभियोगको कारवाही हो ।