‘जीवन काँडा कि फूल’ कात्तिक २२ बाट चलचित्रका रुपमा सिनेमाघरमा आउने

‘जीवन काँडा कि फूल’ कात्तिक २२ बाट चलचित्रका रुपमा सिनेमाघरमा आउने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक ४, २०७६

काठमाडौँ । चलचित्र ‘जीवन काँडा कि फूल’  २०७६ कार्तिक २२मा सिनेमाघरमा आउँने भएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृतिमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ का रुपमा ल्याउन लागिएको हो ।

विनोद विष्टले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिको अवस्था थापा र ठूला हुँदाको भुमिकामा काठमाडौंकी रोजिता वुद्धचार्यले अभिनय गर्नुभएकाे छ । त्यस्तै झमकको बहिनीको भुमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भुमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् ।

शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता  बद्री चौहान उमेश सुवेदी र जुनु गौतम रहेका छन् ।

चलचित्रलाई श्रीराम वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ । चलचित्रका यसअघि पोष्टर, गीत र ट्रेलर सार्वजनिक भएका छन् ।