प्लास्टिक तथा कागजको कपको  विकल्पमा आयाे ‘इट कप’

प्लास्टिक तथा कागजको कपको  विकल्पमा आयाे ‘इट कप’

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ४, २०७६

काठमाडौँ, एजेन्सी । पर्यावरणलाई मध्यनजर राखेर भारतको हैदराबादको एक कम्पनीले खाद्य पदार्थबाट निर्मित ‘इट कप’  उत्पादन गरी प्रयाेगमा ल्याएकाे छ ।  कम्पनीका अनुसार यसमा ४० मिनेटसम्म तातो तथा चिसो पेय पदार्थ राख्न सकिनेछ । 

कम्पनीका अनुसार प्लास्टिक तथा कागजको कपको यो एकदमै उपयुक्त विकल्प रुपमा अगाडि सारिएको छ ।  यदि यो कपलाई नखाईकन फालेका खण्डमा पनि यो प्राकृतिक रूपले नष्ट हुन्छ र यसले पर्यावरणमा कुनै हानी नोक्सानी नपुर्‍याउने कम्पनीले दावी प्रस्तुत गरेकाे छ ।

कम्पनीका एग्जीक्यूटिव डाइरेक्टर अशोक कुमारका अनुसार यो कप बनाउनुको उद्देश्य भनेको डिस्पोजेबल कपको प्रयोग कम गर्नु साथै प्लास्टिक तथा कागजको कपको विकल्प उपलब्ध गराउनु हो । ‘इट कप’ को प्रयोगले रुखको प्रयोग पनि कम हुन्छ भने स्वास्थ्यका हिसाबले पनि यसले शरीरलाई कुनै असर  पुर्याउँदैन । 

कम्पनीका अनुसार ‘इट कप’मा तातो तथा चिसो सबै प्रकारको पेय पदार्थ राख्न सकिनेछ । यसमा सुप, चिया, कफि तथा रक्सी पनि राख्न सकिनेछ । यो ‘इट कप’ ४० मिनेटसम्म नपग्लिकन साहृो नै हुन्छ । यसमा कुनै किसिमको कृत्रिम लेपन लगाइएको छैन । साथै यसमा राखिएको पेय पदार्थको स्वादमा पनि कुनै फरक पदैन् ।