अस्पतालबाट डिस्चार्ज भए अमिताभ बच्चन

अस्पतालबाट डिस्चार्ज भए अमिताभ बच्चन

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक ४, २०७६

काठमाडौं, एजेन्सी । कलेजो  राेग सम्बन्धी समस्याले सताए पछि अस्पताल भर्ना भएका बलिउडका महानायक अमिताभ बच्चनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।  

उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएका‍े थियो । ७७ वर्षीय बच्चनलाई अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा नानावटी अस्पतालको बाहिर देखिएको थियो । 

उनी कलेजो सम्बन्धी उपचारका लागि केही दिन देखि अस्पताल भर्ना भएका थिए । उनी २०७६ कात्तिक २ अर्थात १९ अक्टोबरको राती  अस्पतालले डिस्चार्ज गरेको हो । 

उनलाई छोरा अभिषेक बच्चनले अस्पतालबाट घरतर्फ लगेका थिए ।