इण्डियन आइडल जज नेहा कक्कडलाई प्रतियाेगीद्वारा जर्बजस्ती चुम्वन !

इण्डियन आइडल जज नेहा कक्कडलाई प्रतियाेगीद्वारा जर्बजस्ती चुम्वन !

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक ४, २०७६

काठमाडौं, एजेन्सी । भारतको चर्चित रियालिटी शो इण्डियन आइडलको ११ औं संस्करण चलिरहेको छ । इण्डियन आइडलको सेटबाट एउटा भिडियो बाहिर सार्वजनिक भएको छ, जसमा एकजना प्रतियाेगी सहभागीले जज रहेकी नेहा कक्कडलाई जर्बजस्ती किस गरेको दृश्य देखाइएकाे छ ।  

सहभागी नेहाको फ्यान भएको तथा उनले हग गर्नका लागि नेहालाई अनुरोध गरेका थिए । उनको अनुरोधलाई स्वीकार गरेर जब नेहा स्टेजमा आइन तब हग गर्दैगर्दा सहभागीले नेहालाई जर्बजस्ती किस पनि गरे । 

यो सबै देखेर कार्यक्रमका अर्का जज अनु मलिक तथा कार्यक्रम संचालक आदित्यनारायण सहित बाँकी अरु सबै दर्शक पनि अचम्म मान्दै हेरिरहेकाे देखिन्छ ।