कल्पना राईको हत्या गरेको अभियोगमा प्रदीप बस्नेत पक्राउ

कल्पना राईको हत्या गरेको अभियोगमा प्रदीप बस्नेत पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक ४, २०७६

भोजपुर । षडानन्द नगरपालिका- ३ खार्ताम्छा बस्ने २८ वर्षीया कल्पना राईको धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँकाे सिक्तेलटार बस्ने २२ वर्षीय प्रदिप बस्नेतलाई २०७६ कात्तिक २ गते  शनिबार साँझ पक्राउ गरेको  नेपाल प्रहरीले  जनाएको छ । 

स्थानीय सोमबारे हाटबाट घर जाँदै गरेको अवस्थामा प्रदिपले कल्पनालाई धारिलो हतियार तथा ढुंगा प्रहार गर्दा मृत्यु भएको खबर प्राप्त भएकाे र त्यसपछि  खटिएको प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।

साथै घटनाको क्रममा घाइते भएकी कल्पनासँगै घरतर्फ फर्कँदै गरेकी सोही ठाउँ बस्ने नबिना राईको स्थानीय उपस्वास्थ्य चौकी खार्ताम्छामा उपचारको भइरहेको छ । हतियार प्रहार गर्नुको कारण हाल खुल्न नसकेको  र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहीले जनाएकाे छ ।