काठमाडौंमा अवैध रुपमा पटाका बिक्री गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौंमा अवैध रुपमा पटाका बिक्री गरेको अभियोगमा दुई जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक ४, २०७६

काठमाडौँ । तिहार नजिकिंदै जाँदा अबैध रुपमा पटकाहरुकाे आयात र विक्री वितरण बढन थालेकाे छ । 

यसैक्रममा काठमाडौं महानगरपालिका-३२ टाउन प्लानिङ बस्ने सर्लाही घर भएकी २५ वर्षीया बबिता राउतलाई झिरझिरे पटका ८ प्याकेट, चक्र पटाका १ प्याकेट र खुर्सानी पटाका ६० प्याकेट सहित २०७६ कात्तिक २ गते शनिबार दिउँसो  पक्राउ गरेकाे नेपाल प्रहरीले जनाएकाे छ । 

 बबिताले सोही ठाउँस्थित आफ्नै सोनाम किराना पसलमा उक्त पटाका बेच्दै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
    त्यसैगरी काठमाडौं महानगरपालिका-३ स्थित बाग्लुङ, बाग्लुङ नगरपालिका-७ घर भएकी ३३ वर्षीया दिपा शर्माको किराना पसलमा ३२ प्याकेट पटाका फेला पारी २०७६ कात्तिक २ गते शनिबार साँझ शर्मालाई पनि पक्राउ गरेको   प्रहरीले  जानकारी दिएकाे छ । 

 बर्दिया, बढैयाताल गाउँपालिका-३ फुटाहाबाट मैनबत्ती पटाका ५ सय थान, फुलझरी पटाका २ सय थान, सुतली पटाका १ सय थान, चक्कर पटाका ५० थान र रकेट पटाका २० थान  प्रहरीले साँझ प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याई बेवारिसे अवस्थामा थुपारी राखेको उक्त पटाका प्रहरीले फेला पारी बरामद गरेको हो ।