पुरुषले सुत्केरी महिलाको लाश उठाउन  नमाने पछी सबै  काम महिलाले गरे

पुरुषले सुत्केरी महिलाको लाश उठाउन  नमाने पछी सबै  काम महिलाले गरे

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ४, २०७६

काठमाडौं, एजेन्सी । भारतको छत्तीसगढ राज्यको कान्केकेरस्थित तुमसनार गाउँमा अन्धविश्वासका कारण पुरुषले सुत्केरी महिलाको लाश उठाउन नमानेको समाचार छ । साथै उनीरुले लाशलाई शवदाहस्थलसम्म बोकेर लान पनि मानेनन् । त्यसपछि महिलाहरुले सुत्केरी महिला नै शव यात्रा गरेका छन् । र, शवलाई गाउँ बाहिर जंगलमा लगेर गाड्ने काम पनि महिला नै  गरेका छन् । 

गाउँमा सुत्केरी महिलालाई गाडेको खण्डमा भूत हुने तथा सुत्केरी महिलाको शवलाई पुरुषले छुन हुँदैन भन्ने मान्यता उक्त समाजमा रहिआएको छ । 

तुमसनारकी सुकमोतीन कान्गे आमा बन्नेवाली थिइन् । उनले एउटा बच्चलाई जन्म पनि दिइन । तर, बच्चाको जन्मिएको केही समय पछि नै मृत्यु भयो । यो पीडाले आमाको पनि तत्काल मृत्यु  भएकोा थियो । त्यसपछि उक्त सुत्केरी महिलाको शव पुरुषहरुले उठाउन नमाने पछि समस्या आयो र महिलाहरुले  सबै कुरा गरेका हुन् । 
गाउँको गैरसरकारी संस्था अन्धश्रद्धा निर्मूलन समितिका अध्यक्ष डा. दिनेश मिश्रले भने, महिलाको अन्तिम संस्कार गर्न नदिनु भनेको सरासर गलत हो । यो साबित भैसकेको छ कि भूतप्रेत केहीको पनि संसारमा अस्तित्व छैन । अब संस्था गाउँमा गएर अन्धविश्वास हटाउनका लागि मानिसहरुलाई जागरूक गर्ने काममा लाग्ने छ ।