होर्डिंग बोर्डमा नै राष्ट्रपति ट्रम्पको मुखमा महिलाले कुल्चेकाे सन्देश दिएर विराेध

होर्डिंग बोर्डमा नै राष्ट्रपति ट्रम्पको मुखमा महिलाले कुल्चेकाे सन्देश दिएर  विराेध

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ५, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको कपडा कम्पनी धवानीले न्युर्याेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिजनक होर्डिंग बोर्ड राखेकाे  छ ।

जसमा एउटा मोडलले ट्रम्पको मुखमा खुट्टाले कुल्चिएको देखाइएको छ । बोर्डमा ट्रम्प जमीनमा लडिरहेको देखाइएको छ । होर्डिंग बोर्डमा ट्रम्पको मुख महिलाले कुल्चिएपछि कराएको सन्देश दिन खाेजिएको  छ । 

न्युर्योकको टाइम्स स्क्वायरमा ३० फिटको उचाइमा राखिएको यस होर्डिंग बोर्डमा महिलालाई एथलीटको रुपमा प्रस्तुत गरिएकाे छ । 

बिलबोर्ड देखेर ट्रम्पका छोरा ट्रम्प जूनियरले १८ अक्टोबर शुक्रवारका दिन एक ट्वीट गरेका छन्, जसमा उनले होर्डिंग बोर्डको फोटो पोस्ट गर्दै मिडियालाई भनेका छन्, ‘यो बिलबोर्डका बारेमा केही पनि नलेख्नु । तपाईँसँग मानिसले देखेका अपमान हुने खालको समाचार कभर गर्ने समय छ । यसका बारेमा उनले आफ्नो असन्तुष्टि पनि जनाएका छन् । 
ओरेगन राज्यको पोर्टलैंड स्थित धवानी कम्पनीका सीईओले भने, होर्डिंगको उद्देश्य ट्रम्प प्रशासनद्वारा टाइटल एक्स परिवार नियोजन कार्यक्रममा गरिएको परिवर्तनप्रति टिप्पणी गर्नु थियो । जसमा स्वास्थ्य सुविधा प्राप्त गर्ने व्यक्तिले पाउने रकम अवरुद्ध गरिएको थियो । यो बिलबोर्ड गर्भपातका रोगिका लागि पनि सान्दर्भिक रहेको छ ।