लगेज घटाउन २.५ किलो कपडा लगाएकाे फोटाेमा ३४ हजार कमेण्ट तथा २१ हजार शेयर !

लगेज घटाउन २.५ किलो कपडा लगाएकाे फोटाेमा ३४ हजार कमेण्ट तथा २१ हजार शेयर !

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ५, २०७६

काठमाडौँ, एजेन्सी । फिलिपिन्सको एक महिलाले हवाई यात्राको दौरान एयरपोर्टमा लाग्ने अतिरिक्त लगेजको पैसा जोगाउनका लागि २.५ किलोका कपडा आफैंले लगाएकी  बताएकी छन् । 

केही दिन पहिले गेल रोड्रिगेज नामक ती महिला मनीला एयरपोर्टमा उत्रेकि थिइन । चेक गर्ने समयमा जब उनको सामानको वजन तोकिएको सीमा भन्दा दुई किलो धेरै भयो । तब महिलाले आफ्नो लगेजबाट झिकेर अतिरिक्त लुगा लगाउन थालिन जसले गर्दा उनको लगेजको तौल कम भएकाे थियो । अहिले गेलको यो फोटो शोसल मिडियामा भाइरल भएको भैरहेको छ । 

गेलले भनेकि छन् - ‘एयरपोर्टमा चेकइनको समयमा कर्मचरीले उनको लगेज दुई किलो बढी भएको जानकारी दिए । जसका लागि अतिरिक्त शुल्क लाग्ने पनि बताए । त्यसपछि मैले लुगा निकालेर एकमाथि अर्को गर्दै लगाउन थालें । तौल बढी भएजति लुगा लगाएर मैले लगेजको तौल ठीक बनाएँ ।’

गेलका अनुसार अब फेरि भने उनी कहिले पनि त्यसो गर्दिनन् किनकि यो लुगा लगाएपछि यत्ति धेरै गर्मी भयो कि सहन नै गार्हो पर्यो । तर, महिलाले उनी कुन एयरलाइन्समा कहाँ देखि कहाँसम्म यात्रा गर्दै थिइन भन्ने बारेमा केही पनि खुलाएकी  भने छैनन् । 

यो मामिलाको खुलासा उनले एयरपोर्टमा अतिरिक्त कपडा लगाएको आफ्नो तस्वीर पोष्ट गरेपछि भएको हो । पोष्टमा  ‘एक्सेसबैगेजचैलेंज एक्सेप्टेड’ भनेर लेखिएको छ । उनको यो पोष्ट केही क्षणमा नै भाइरल भयो र  याे फोटाेमा ३४ हजार कमेण्ट तथा २१ हजार शेयर भएको छ ।