चीनकाे स‌ंघाईमा रहेका स्मार्ट शौचालयमा १५ मिनेट मात्र  बस्न पाइने !

चीनकाे स‌ंघाईमा रहेका स्मार्ट शौचालयमा  १५ मिनेट मात्र  बस्न पाइने !

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ५, २०७६


काठमाडौं, एजेन्सी । चीनमा सार्वजनिक शौचालयमा मानिसले धेरै समय बिताउन नपाउने भएका छन् । यसका लागि नगर निगमले शहरमा १५० वटा स्मार्ट ट्वाइलेटकाे व्यावस्था गरेकाे छ । साथै निगमले शौचालय प्रयोगको अधिकतम समय सीमा १५ मिनेट पनि तोकेको छ । 

यदि कोही व्यक्ति उक्त समयभन्दा बढी शौचलयमा बसेमा शौचालयले निगमका कर्मचारीलाई सन्देश पठाएर सचेत गराउँछ । यसका लागि प्रत्येक शौचालयमा अल्ट्रासाउण्ड तथा इन्फ्रारेड रे सेंसर लगाइएको छ । 

चीनमा पछिल्लो समयमा मानिसहरु शौचालयमा बसेर लामो समयसम्म फोनमा कुराकानी गर्ने भन्ने गुनासो आउन थालेपछि  निगमले याे नियम ल्याएकाे बताइएकाे छ । यसका अलावा मानिसहरुले शौचालयमा बसेर उपन्यास, अखबार तथा म्यागाजिन पढ्ने गरेका कारण अरु मानिसलाई समस्या परेकोले यस्तो व्यवस्था गर्नु परेकाे निगमले जनाएकाे छ । 

नयाँ स्मार्ट पब्लिक ट्वाइलेट चीनको आर्टि्फशियल इंटेलीजेंसको क्षेत्रमा बढिरहेको एउटा प्रयासका रुपमा प्रयाेगमा ल्याएकाे  हो । यी शौचालयमा अल्ट्रासाउंड तथा इन्फ्रारेड रे सेन्सर रहेको छ । यसका अलावा एआई को माध्यमद्वारा यी शौचालयमा हावामा रहेको दुर्गन्ध तथा पानीको स्तर पनि नापिनेछ । सरकारले स‌ंघाई पछि बेइजिंग तथा ग्वांजाओ जस्ता शहरमा पनि यस्तो स्मार्ट ट्वाइलेट राख्ने  तयारी भइरहेरकाे छ ।