जापानी सम्राट नारुहितोको राज्यभिषेकको अवसरमा साढे ५ लाख अपराधीलाई माफी दिइँदै !

जापानी सम्राट नारुहितोको राज्यभिषेकको अवसरमा साढे ५ लाख अपराधीलाई माफी दिइँदै !

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक ५, २०७६

काठमाडौं, एजेन्सी । जापान सरकारले १८ अक्टोबर शुक्रवारका दिन साना अपराधमा दोषी पाइएका ५ लाख ५० हजार अपराधीलाई माफी दिने निर्णय गरेको छ ।

स्थानीय मिडियाका अनुसार यस्ता अपराधीको सजाय मात्र माफ गरिनेछ जसले जेल सजाय भोगिरहेका छन् र आफ्नो जरिवाना तिरेका छैनन् । अपराधीको रिहाई तथा सजाय माफी गर्ने घोषणा सम्राट नारुहितोको राज्यभिषेक समारोहमा गरिनेछ । 

सरकारले अपराधीलाई सामाजिक एकीकरणमा मद्दत गर्नका लागि मात्र जरिवाना माफ गर्ने निर्णय गरिएको हो । यसका अलावा लामो अवधिको सजाय  काटी रहेका एक हजार अन्य कैदिलाई पनि उनीहरुको गंभीर बीमारीलाई मध्येनजर गर्दै मानवीय आधारमा रिहाई गर्न लागिएको हो । 

जपानमा आएको हगीबिस आँधीका कारण भएको भारी क्षतिका कारण सरकारले सम्राट नारुहितोको २२ अक्टोबरमा हुने राज्यभिषेक कार्यक्रमलाई स्थगित गरेर १० नोभेम्बरमा गर्ने निर्णय गरेको छ । 

सन् १९८९ मा जापानको सम्राट हिरोहितोको मृत्यु पछि ५० लाख मानिसको अपराध माफ गरिएको थियो । अपराधिको नागरिक अधिकार पुर्नस्थापित गरिएको थियो । सम्राट हिरोहितोलाई  मरणोपरांत सम्राट शोवाको रूपमा चिनिन्छ । १९९० मा सम्राट अकिहितोको राज्यभिषेकमा पनि २० लाख भन्दा धेरै अपराधीलाई माफी दिइएको थियो ।