दैनिक ३० करोड साइबर अट्याक झेल्दै अलीबाबा !

दैनिक ३० करोड साइबर अट्याक झेल्दै अलीबाबा !

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक ५, २०७६

काठमाडौँ, एजेन्सी । अलीबाबाका फाउन्डर ज्याक मा भन्छन, उनको कम्पनीले दैनिक ३० करोड साइबर अट्याक झेल्दै आएको छ । यसका बावजूद ग्रुपको भुक्तानी कम्पनी अलीपेलाई ह्याकर्सले कुनै आर्थिक नोक्सान पुर्‍याउन सकेका छैनन् ।

अलीपेको करीब एक अरब प्रयोगकर्ता रहेका छन् । जसका माध्यमबाट दैनिक ५० अरब डलर मूल्य बराबरको कारोवार हुने गरेकाे छ ।  ज्याकले सिंगापुरमा फोर्ब्स ग्लोबल सीईओ कन्फ्रेंसमा यो जानकारी दिएका हुन् । 

फेब्रुअरीमा अलीबाबामाथि साइबर अट्याकको कोशिश भएको थियो जसबाट कम्पनीको ई कमर्स साइट ताओबाओको २ करोड प्रयोगकर्ताको एकाउण्ट खतरामा परेको थियो । अलीबाबाका अनुसार उसले सही समयमा खतराको पत्ता लगाएको थियो । 

ज्याकले कम्पनीको सफलताको श्रेय अलीबाबा इन्टलीजेन्सको उन्नत प्राविधिक क्षमतालाई दिए । उनले इन्टरनेटमा नोक्सानदायक गतिविधि निस्तेज गर्नमा मानिस भन्दा मेशिन नै उत्कृष्ट देखिएको छ । 

जैक मा पछिल्लो महीना अलीबाबाको चेयरमैन पदबाट रिटायर भएका थिए । तरपनि कारोबारमा अहम योगदानका लागि उनलाई फोर्ब्स ग्लोबल सीईओ कन्फ्रेंसमा लाइफटाइम अचीभमेंट अवार्ड दिइएको थियो ।