इंस्टाग्रामबाट मात्र  रोनाल्डोकाे वर्षमा  ५४४ करोड  कमाउँछन् !

इंस्टाग्रामबाट मात्र  रोनाल्डोकाे वर्षमा  ५४४ करोड  कमाउँछन् !

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ६, २०७६

काठमाडौँ, एजेन्सी । आफ्ना करोडौं प्रशंसक भएका कारण क्रिस्टियानो रोनाल्डोले फुटबल खेलेर भन्दा धेरै रकम इन्स्टाग्राम पोस्टबाट कमाउने गरेको तथ्य खुलेकाे छ ।  

हापर एचक्यू अन बज बिंगोको रिपोर्टका अनुसार रोनाल्डोले एक वर्षमा शोसल मिडिया साइट इन्स्टाग्राममा प्रायोजित पोस्टबाट ४७.८ मिलियन डलर अर्थात करीब ५४४ करोड रुपैयाँ कमाएका छन् । रोनाल्डोले ४९ वटा प्रायोजित पोस्ट गरेका थिए । जसका लागि उनले एउटा पोस्टको ९ लाख ७५ हजार डलर लिने गरेका थिए । 
गोल डट कमका अनुसार रोनाल्डोले युवेंटससँग पछिल्लो समय अनुबंध हुँदा ३४ मिलियन डलर लिएका थिए । 

संसारका अन्य सेलिबे्रटी जस्तै काइली जेनर, सेलेना गोमेज तथा  प्रियंका चोपड़ा आदिको इन्स्टाग्रामबाट हुने कमाई भने रोनाल्डोको तुलनामा धेरै कम छ । इन्स्टाग्राममा स्पोन्सर्ड पोस्टबाट हुने कमाईको  मामिलाम विराट कोहलीको नाम पनि अगाडि नै छ ।  

शोसल मिडियाबाट कमाई हुने मामिलामा रोनाल्डो पछि लियोनल मेसी आउँछन् । बार्सिलोनाका यी स्टार खेलाड़ीले ३६ प्रायोजित पोस्टबाट २३.३ मिलियन डलर कमाई गरेका छन् । 

इन्स्टाग्रामबाट हुने कमाईको सूचीमा विराट कोहली ११ नम्बरमा रहेका छन् । उनले एक वर्षमा प्रायोजित पोस्टबाट १.१८ मिलियन डलर कमाई गरेका छन् ।