लुटराले वयस्क महिलासँग पैसा नलिइ चुम्बन !

लुटराले वयस्क महिलासँग पैसा नलिइ चुम्बन  !

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक ६, २०७६

काठमाडौँ, एजेन्सी । ब्राजीलको शहर आमरान्तेमा दुईजना लुटेराले एउटा मेडिकल पसल लुटे । लुटेरा पसलमा पसेर पसलेलाई पेस्तोल तेस्र्याएर त्यहाँ भएको सबै पैसा अर्को लुटेरालाई दिन भनिरहेको थियो । 

यस दौरान अर्को लुटेरा पसलको काउन्टरबाट पैसा निकाल्न थाल्छ । तब एउटा वयस्क महिला काउन्टरमा लुटेरालाई आफ्नो पैसा दिन खोज्छिन । त्यसबेला पहिलो लुटेराले आफ्नो हेलमेट खोलेर महिलाको निधार चुम्दै उनलाई उनको पैसा आफैंसँग राख्न भन्छन् । बरु छिटो बाहिर जानका लागि लुटेराले उनलाई भन्छन् । यो देखेर ती महिला अचम्भित पर्छिन् । यो भिडियो शोसल मिडियामा भाइरल भैरहेको छ । 

पसलका मालिक सैमुअल अल्मेडाले भने, जब लुटेरा नगद लुट्दै थियो तब सबै आफ्नो हात पछाडी गरेर तल निहुरिएका थिए । त्यसैबेला ती वयस्क महिला काउन्टरमा औषधिको पैसा भुक्तान गर्न आँटेकी थिइन् । 

लुटेराको धम्की पछि उनले त्यो पैसा उसलाई दिन खोजेकी थिइन ताकि कुनै नोक्सान नहोस । तर, लुटेराले भने उनीसँग पैसा लिएनन् । लुटेराले करीब एक लाख रुपैयाँ तथा केही सामान लुटेर गएका थिए ।