२२४ रुपैयाँमा गाईको पेटको अप्रेशन, ५२ किलो प्लास्टिक निकालियो

२२४ रुपैयाँमा गाईको पेटको अप्रेशन, ५२ किलो प्लास्टिक निकालियो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक ६, २०७६

काठमाडौं, एजेन्सी । भारतीय राज्य तमिलनाडुको राजधानी चेन्नई स्थित वेटरनरी एनिमल साइन्स  युनिभर्सिटीमा एउटा गाईको सर्जरी गरेर पेटबाट ५२ किलो प्लास्टिक निकालिएको छ । सर्जन ए. वेलावनका अनुसार गाईको पेटमा यति धेरै प्लास्टिक थियो कि त्यसका कारण गाईले दुखाईले छटपटाइ रहेकाे थियाे ।  प्लास्टिकका कारण गाईको दुध पनि कम  दिन थालेकाे थियो । 

यो सर्जरी बिहान ११ बजे शुरु भएर बेलुकी साँढे ४ बजेसम्म चलेको थियो । यसमा युनिभर्सिटीका पोस्ट ग्रेजुएशनका विद्यार्थीलाई समेत  संलग्न  गराइएकाे थियाे  । 

डाक्टरको दावी छ कि सर्जरीमा केवल २२४ रुपैयाँ खर्च भएको छ । यदि यो सर्जरी अन्य निजी अस्पतालमा भएको भए यसको खर्च ५६ हजार रुपैयाँ  खर्च लाग्ने  अनुमान गरिएकाे थियाे ।