हिरानीले गान्धीमाथि  शर्ट फिल्म निर्माण,   शाहरुख, सलमान लगायतलाई समेटियाे

हिरानीले गान्धीमाथि  शर्ट फिल्म निर्माण,   शाहरुख, सलमान लगायतलाई समेटियाे

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक ६, २०७६

काठमाडौँ, एजेन्सी । बलिउड फिल्म निर्माता तथा निर्देशक राजकुमार हिरानीले महात्मा गान्धीमाथि एउटा शर्ट फिल्म बनाएका छन् । जसमा शाहरुख खान, सलमान खान, रणबीर कपूर, आलिया भट्ट, विकी कौशल तथा कंगना रणौत जस्ता हस्तीलाई देख्न पाइने भएकाे छ । 

यी सबै कलाकारले गान्धीको विचार पनि शेयर गरेका छन् । १९ अक्टोबर शनिवारका दिन प्रधानमंत्री नरेंद्र मोदीले सबै फिल्मी हस्तीसँग आफ्नो निवास ७ लोक कल्याण मार्गमा भेटघाट पनि गरेका थिए । भेटमा उनले गान्धीको विचारधारामा आधारित फिल्म बनाउन पनि सुझाएका थिए ।