संसारको सबैभन्दा पुरानो मोती प्रदर्शनीमा राखिने

संसारको सबैभन्दा पुरानो मोती प्रदर्शनीमा राखिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ६, २०७६


काठमाडौं, एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा ८ हजार वर्ष पुरानो मोती भेटिएको छ । पुरातत्वविद्को दावी छ कि यो संसारकै सबैभन्दा पुरानो मोती हो । यसलाई ३० अक्टोबरमा अबुधाबी स्थित संग्रहालयमा प्रदर्शनमा राखिने भएको छ । 

अधिकारीहरुका अनुसार यो मोती मारवाह द्वीपमा खन्ने क्रममा भेटिएको थियो । तर, हालसम्म अधिकारीले यसको मूल्यको बारेमा भने केही जानकारी गराएका छैनन् । 

विशेषज्ञका अनुसार मोतीको कारोबार मेसोपोटामिया (प्राचीन ईराक) मा हुने गर्दथ्यो। यसलाई सेरामिक तथा अन्य वस्तुका साथ विनिमयका लागि प्रयोग गर्ने गरिन्थ्यो । 
उक्त समयमा यसलाई गहनाको रुपमा पनि प्रयोग गर्ने गरिन्थ्यो ।

संस्कृति विभागका अनुसार १६ औं शताब्दीमा अबुधाबीको तटमा मोती पाइने गरेकाे थियाे ।  प्रख्यात कारोबारी गासपारो बाल्बीले पनि यो इलाकाको यात्रा पछि यहाँ मोतीको कारोबार हुने  गरेकोउल्लेख गरेका थिए ।