१५० वर्ष पुरानो एरियल फोटोग्राफीबाट तयार कफी टेबल बुक प्रकाशित

१५० वर्ष पुरानो एरियल फोटोग्राफीबाट तयार कफी टेबल बुक प्रकाशित

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ६, २०७६

काठमाडौँ, एजेन्सी । संसारमा एरियल फोटोग्राफीको इतिहास १५० वर्षको पुगेकाे छ । ब्रिटेनका दुईजना फोटोग्राफरले यो १५० वर्षमा भएको यस्तै आश्चर्यजनक फोटोग्राफ्सको कफी टेबल बुक ‘फ्रम अबव’ तयार गरेका छन, जो २१ अक्टोबर सोमवार प्रकाशित भएकाे छ। 

यी फोटोग्राफमा सबैभन्दा चकित पार्ने फोटो अमेरिकाको क्यालिफोर्नियाको छ, जुन १९८० मा खिचिएको थियो । यसमा स्काई डाइवरको एक समूह हावामा उड़ान भर्दै विमानको बाहिरी भागमा बसेका देखिन्छन् । साथै हावामा तैरिनका लागि कुद्ने तयारीमा रहेको देखिन्छन् । 

एल्सिनोर ताल माथिको यो तस्वीर लिओ मैसनले खिचेका हुन् । मैसनले यसलाई झ्याल नभएको सेसना विमानमा उड़ान भर्दै लिएका हुन् ।