जुम्ल्याहा आमाद्वारा एकै समयमा  एकै अनुहारका सन्तानको जन्म  !

जुम्ल्याहा आमाद्वारा एकै समयमा  एकै अनुहारका सन्तानको जन्म  !

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  कार्तिक ६, २०७६

काठमाडौँ, एजेन्सी । अमेरिकामा २६ वर्ष पहिले जन्मिएका जुम्ल्याहा  नर्सले आफू जन्मिएको एथेन्स स्थित अस्पतालमै एकै समयमा बच्चा जन्माएकी छन् । 

जुम्ल्याहा मध्येकी एक टोरी ड्रिंकार्ड सेप्टेम्बर २५ को दिउँसो १२ः४५ मा बच्ची ऐडिसनलाई जन्म दिएकी थिइन् । त्यस्तै टेरा हवार्डले पनि १२ः४५ बजे नै एम्मा विलियिम्सलाई जन्म दिइन् । दुवै बच्चाको अनुहार दुरुस्तै रहेको छ । यस्तो मामिला २५० जुम्ल्याहामा एक हुने गर्छ । जब दुवै जुम्ल्याहाको बच्चा पनि जुम्ल्याहा नै हुने गर्छ । 

टोरी तथा टेरा यसै हप्ता अस्पतालबाट डिस्चार्ज भएका छन् । दुवैको सिजेरियन डेलीभरी भएको हो । टोरीले भनिन्, आफ्नो बहिनीसँगै बच्चा जन्माउन म एकदमै आतुर थिएँ । तर, मेरो दिमागमा यो कहिल्यै आएन कि हामी जस्तै हाम्रो बच्चा पनि जुम्ल्याहा नै हुन्छ । 

जुम्ल्याहा  आमाहरु स्वयं एक मिनटको अन्तरमा जन्मिएका थिए ।