साँढेले गहना निलेपछि

साँढेले गहना निलेपछि

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ६, २०७६

काठमाडौँ, एजेन्सी । भारतको हरियाणा राज्यको सिरसा जिल्लाकोे कालांवाली शहरस्थित वार्ड नंबर ६ को खेत्रपाल गल्लीमा एकजना  महिलाले झुक्किएर सडे गलेको सब्जीसँगै ४ तोलाको सुनको गहना घर बाहिर फ्याँकिन् । जसलाई गल्लीमा घुमिरहको साँढेले निलिदियो । गहना नभेटिएपछि परिवारले सिसिटिभि क्यामराको फुटेज जाँच गरे । जसमा साँढेले सब्जीका साथ गहना निलेको देखियो । 

त्यसपछि आफन्तले घण्टौं घुमेर उक्त साँढे पत्ता लगाए । र, त्यो साँढेलाई लिएर घर आए । अब उनीहरु साँढेलाई हरियो घाँस तथा दाना, सक्खर र केरा ख्वाएर गोबरमा गहना निकाल्ने प्रयास गरिरहेका छन् । 

पशु चिकित्सकका अनुसार पहिलो विकल्पको रुपमा हरियो घाँस तथा दाना ख्वाएर गोबरको माध्यमबाट सुन निकाल्न सकिन्छ । अन्यथा साँढेको पेटको एक्स रे गरेर सुन देखिएमा अपरेशन गरेर सुन निकाल्न सकिन्छ । तर, यसमा साँढेको ज्यान जाने खतरा पनि रहन्छ । ज्यानको जोखिम पनि हुने कारणले आफन्तले भने अपरेशन नगराउने विचार गरेका छन् ।