आज ‘न्युजविक’ जन्मेको दिन

आज ‘न्युजविक’ जन्मेको दिन

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ५, २०७५

‘न्युजविक’ भन्ने साप्ताहिक पत्रिका आजैका दिन १७ फेब्रुअरीमा पहिलो पटक प्रकाशित भएको थियो । आज भन्दा ४७ वर्ष अघि १९३३ को १७ फेब्रुअरीका दिन । 

थोमस मार्टिन प्रकाशक रहेको ‘न्युजविक’को पहिलो ‘एडिटर इन चिफ’ स्यामुअल टी. विलियम्सन रहेका थिए । 

यसको पहिलो अंकको ‘कभर’ भने साताका सातवटा समाचारसंग सम्बन्धित सातवटा फोटो राखेर बनाइएको थियो ।

आफ्नो ८६ वर्षको इतिहासमा ‘न्युजविक’ले धेरै उतार चढाव भोग्यो । २५ लाख डलरको पूँजीबाट शुरु भएको ‘न्युजविक’ १९८७ मा अर्को एउटा साप्ताहिक ‘जर्नल टुडे’ संग ‘मर्ज’ हुन गयो । १९३७ देखि १९५९ सम्म यसै ग्रुपले ‘न्युजविक’ संचालन ग¥यो । 

१९६१मा आएर ‘द वाशिंगटन पोष्ट कम्पनी’ले ‘न्युजविक’ किन्यो । र, यसका संपादक बने ओसर्बोन इलिओट र १९७० मा पहिलो पटक ‘न्युजविक’मा महिला रिर्पोटरहरुको नियुक्ति भयो । त्यो भन्दा पहिला पुरुषमात्र ‘न्युजविक’मा स्थायी ‘रिर्पोटर’ हुन्थे । 

‘न्युजविक’मा प्रकाशित ‘कभर आर्टिकल’ ‘वुमेन इन रिभोल्ट’ जुनकि एउटा ‘फ्रिलान्सर’ महिला पत्रकारले लेखेकी थिइन्, यसको मुख्य कारण थियो, इलिनर होम्स नोरटोन नामक महिला पत्रकारले यसका लागि आन्दोलनको नेतृत्व गरेकी थिइन् । अनेक उतार चढाव भोगेको ‘न्युजविक’ ८० वर्ष पुग्दा छापिन बन्द भयो । यसलाई ‘अनलाइन म्यागाजिन’ बनाएर ‘न्युजविक ग्लोवल’का नामले प्रकाशित गरियो । 

तर दूई वर्ष भित्र पुनः यसको प्रिन्ट संस्करण आयो १४ मार्च २०१४ का दिन । यस अंकमा ‘बिट क्वाइन’को ‘कभर स्टोरी’ रहेको थियो ।