ज्ञान के हो ! याे प्राप्तिकाे स्थूल उपाय !!

ज्ञान के हो ! याे प्राप्तिकाे   स्थूल उपाय !!

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  कार्तिक ९, २०७६

नायं लोकोऽस्त्ययज्ञस्य कुतोऽन्यः कुरुसत्तमा ।। ३१ ।।

अन्वय र अर्थ – कुरुसत्तम = हे कुरुसत्तम ! अयज्ञस्य = यज्ञानुष्ठान रहितका लागि, अयं = यो, लोकः = लोक, न अस्ति = छैन, (विशिष्ट साधन साध्य), अन्यः = अरू लोक, कुतः = कसरी होला ? 

भावार्थ – हे कुरुसत्तम ! यज्ञहीन मानिसहरूका लागि यो लोक नै छैन भने अर्को लोक कसरी रहला ?

विशिष्टार्थ – ती मानिसहरू जसले भक्ति श्रद्धापूर्वक इष्टदेवताहरूको आराधनाद्वारा आत्मानुसन्धान गर्दैनन् तिनीहरूको अन्तः करण दुःखले परिपूर्ण अर्थात् उनीहरूको अन्तराकाश अन्धकारले ढाकिइरहन्छ, अतः ती सबैले आत्मज्योतिको दर्शन पाउन सक्दैनन्, चित्तको मैलो पनि नष्ट हुँदैन, अनि तिनीहरू संसारको स्वरूप नजानेर अनित्य असत्यलाई नित्य ठानेर त्यसैमा मोहित भएर रहन्छन् । आत्मज्योतिको सहायताले सत्यज्ञान लाभ गरेर संसारको शोक मोह भित्र रहेर पनि जुन शान्ति प्राप्त हुन्छ त्यो तिनीहरुलाई मिल्दैन । त्यसकारण ती सबैको इहलोक (इ = ह्रस्वशक्ति, ह = त्याग गर्नु, लोक = दर्शनीय जे छ अर्थात् ऊध्र्वमुखी साधन क्रममा ह्रस्वशक्तिको त्याग र दीर्घशक्तिको प्रारम्भले जुन जुन दर्शनमा आउँछ त्यसैलाई इहलोक भन्दछन् । नवीन साधकले पनि यो सबै प्रत्यक्ष गरिरहन्छन्)  पनि छैन । इहलोक नरहे पछि साधन सापेक्ष दोस्रो लोक कसरी रहला ? शरीर त्यागपछि सत्कर्मको फलले स्वर्गादि जुन जुन लोकको प्राप्ति हुन्छ ती सबै दोस्रो लोकका हुन् । ती सबै लोक क्रमोन्नत छन् । त्यस क्रमको चरम ऊध्र्वमा जुन लोक छ त्यही लोक नै गोलोक वैकुण्ठ वा अपुनरावृत्ति गति हो । यज्ञानुष्ठान नगरेपछि आत्म दर्शन हुँदैन, त्यसकारण इहलोक अशान्तिमय रहन्छ, आत्मदर्शन नभएपछि परागतिको प्राप्ति हुँदैन, त्यसैले जन्म–मृत्युको आलोडनमा रहनु पर्दछ । अतएव हे अर्जुन !  तिमीले यज्ञानुष्ठान गर, यज्ञानुष्ठान गर्न तिम्रो शक्ति छ किन कि तिमी कुरुसत्तम अर्थात् समर्थवान् (कृति) हौ ।

    एवं बहुविधा यज्ञा वितता ब्राम्हणो मुखे ।
    कर्मजान् विद्धि तान् सर्वानेवं ज्ञात्वा विमोक्षसे ।। ३२ ।।

यी तीन उपायहरुद्वारा ज्ञानलाई जानिसकेपछि धागोमा मणिहरू उनिएर रहे जस्तै आत्मामा भूतहरूको उपस्थिति छ भन्ने कुरा प्रत्यक्ष देख्न सकिन्छ, केही पनि छुटेको हुँदैन । त्यसकारण 'म' र 'मेरो' रूप संसार मोहमा परिदैन । अनि भूतानि (विश्वप्रपञ्च),आत्मा (क्षरचैतन्य, साधक) र अहं (अक्षर ब्रम्ह) – यी सबै नै स्वरूप–दृष्टिले एक हुन्छ ।  अतएव तब जे जस्तो लक्ष्यमा आउंछ सबैमा 'तत्वमसि'ज्ञानको उपलव्धि हुन्छ ।

अन्वय र अर्थ – एवं = यस प्रकारले वर्णन गरिएका, बहुविधाः = धेरै प्रकारका, यज्ञाः = यज्ञहरू, ब्रम्हणः = सृष्टिकर्ताको, मुखे = वाणी अर्थात् वेदमा, वितताः = विस्तृतरूपले वताइएकाछन्, तान् = ती, सर्वान् = सम्पूर्ण यज्ञहरूलाई, कर्मजान् = कायिक वाचिक मानस कर्मद्वारा उत्पन्न, विद्धि = जान, एवं = यसरी, ज्ञात्वा = जानेर (त्वं = तिमी), विमोक्षसे = संसार बन्धनबाट मुक्त हुनेछौ ।

भावार्थ – यसरी बहुविध यज्ञहरू ब्रम्हमुख वेदमा वर्णित छन्, ती सबैलाई कर्मज जान, यसरी जान्नाले नै तिमीले मुक्ति लाभ गर्न सक्ने छौ ।

विशिष्टार्थ – मूलाधारमा पृथ्वी वीजभित्र सृष्टिकारी वेदवाहु (चतुर्भुज) ब्रम्हा विराजमान हुनुहुन्छ । उहाँकै मुखपद्यबाट वेद उच्चारण भइरहेका छन् 'मुखाम्भोज लक्ष्मीश्चतुर्भाग वेदः' । अतः वेदलाई पनि ब्रम्हाजीको मुख भनिन्छ । चतुष्कोणाकार पृथ्वी स्थान भित्र त्रिकोणाकार जुन योनिस्थान छ त्यस योनिको ठीक मध्य भागमा सुषुम्नाको मुख छ त्यही मुख नै ब्रम्हाको मुख हो । त्यही नै वेदमाता गायत्री हुन् । यसतो (दर्शन हुन्छ । दर्शन, श्रवण आदि जे हुन्छ त्यो सबै भ्रूमध्य कूटस्थमा लक्ष्य स्थिर भएपछि हुन्छ । त्यसैले गुरुले भ्रूमध्यमा प्राण स्थिर गर्न आज्ञा दिनु हुन्छ । त्यसैले यसलाई आज्ञाचक्र भन्दछन् ।) यी सबै कायिक, वाचिक, मानसिक कर्मद्वारा उत्पन्न हुन्छन् अर्थात् क्रियपदभित्र शरीर, मन, वाक्यद्वारा क्रियाको जुन जुन प्रकारले अनुष्ठान गरिन्छ ती सबैबाट नै ती सबै अनेक प्रकारका यज्ञहरू उत्पन्न हुन्छन्, कर्मातीत– निष्क्रिय पद जहाँ आत्माको स्वरूप प्रकाश छ त्यस स्थानमा यी सबैको प्रकाश हुँदैन । क्रियाको अनुष्ठानद्वारा स्थिर धारणामा यस तत्वलाई जान्नाले नै मुक्तिलाभ हुन्छ र संसार बन्धनमा पर्नु पर्दैन ।

    श्रेयान् द्रव्यमयाद् यज्ञाज्ज्ञान यज्ञः परन्तप ।
    सर्वं कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते ।। ३३ ।।

अन्वय र अर्थ – परन्तप = हे परन्तप ! द्रव्यमयात् = द्रव्यमय, यज्ञात् = यज्ञभन्दा, ज्ञान यज्ञः = ज्ञान यज्ञ, श्रेयान् = श्रेष्ठ छ, (यतः = त्यसकारण), पार्थ = हे पार्थ ! सर्वं = सबै प्रकारको, अखिलं = सम्पूर्ण, कर्म = कर्म, ज्ञाने = तत्व ज्ञानमा, परिसमाप्यते = समाप्त हुन्छन् ।

भावार्थ – हे परन्तप ! द्रव्यमय यज्ञ भन्दा ज्ञान यज्ञ श्रेय छ, किन कि हे पार्थ ! सबै प्रकारका कर्म नै ज्ञानमा परि समाप्त हुन्छन् ।

विशिष्टार्थ – हे परन्तप ! द्रव्य रूप साधनद्वारा सिद्ध हुने यज्ञ करण सापेक्ष हो र ज्ञान यज्ञ करण निरपेक्ष । ज्ञानयज्ञमा सम्पूर्ण क्रिया तथा पदार्थहरूबाट सम्बन्ध विच्छेद हुन्छ अर्थात् एक परमात्मतत्व बाहेक अन्य सत्ता रहंदैन । सबै प्रकारका कर्महरू क्रमशः  क्षीण हुँदै हुँदै अन्तमा आएर ज्ञानमा परिणत हुन्छन् । ज्ञानको उदय भएपछि सर्व कर्म विमुक्ति हुन्छ । त्यस कारण द्रव्य यज्ञको अपेक्षा ज्ञानयज्ञ श्रेष्ठ छ ।

    तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया ।
    उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिन स्तत्वदर्शिनः ।।  ३४ ।।

अन्वय र अर्थ – तत् = त्यो ज्ञान,प्रणिपातेन = गुरुको चरणमा परेर, परिप्रश्नेन = बन्धन कसरी भयो ? मुक्ति कसरी हुन्छ ? विद्या के हो ?  अविद्या के हो ? जस्ता प्रश्नहरू निष्कपटभावले गरेर, सेवया च = गुरुको यथायोग्य सेवा गरेर पनि, विद्धि = जान्ने प्रयत्न गर, तत्वदर्शिनः = यथार्थ तत्वजान्ने, ज्ञानिनः = ज्ञानी महापुरुषहरू, ते (तुभ्यं) = तिमीलाई, ज्ञानं = त्यस प्रकारको तत्वज्ञान, उपदेक्ष्यन्ति = उपदेश गर्ने छन् ।

भावार्थ – प्रणिपात, परिप्रश्न र सेवाद्वारा त्यस ज्ञानलाई जान्नका लागि प्रयत्न गर, (यसो गरेमा नै) तत्वदर्शी आचार्य गण तिमीलाई ज्ञानको उपदेश दिनेछन् ।

विशिष्टार्थ – ज्ञान के हो भन्ने कुरा जान्नका लागि तीन उपाय छन् – प्रणिपात, परिप्रश्न र सेवा । यी तीनै स्थूल, सूक्ष्म भेदले दुई प्रकारका छन् । तत्वदर्शी गुरु देवको भक्तिका साथ साथै दण्डवत् प्रणाम मोक्ष के हो, अविद्या के हो आदि प्रश्न र परिचर्या शुश्रूषादि रूप सेवा गर्नु पर्छ । यसरी प्रकृत भक्तिको  उदय भएपछि नै गुरु प्रसन्न भएर ज्ञानको उपदेश गर्नु हुन्छ । ज्ञान प्राप्तिका लागि यो स्थूल उपाय हो । कूटस्थमा गुरुपदलाई लक्ष्य गरेर प्राणवायुलाई एक ठाउंबाट अर्को ठाउंमा यथारीति (गुरुमुखी प्राणायाम) पुर्‍याउनु, यसका साथसाथै मनमनै आयतस्वरमा प्रणव उच्चारणरूप सेवा गर्नु र मनमनै जान्ने विषयको प्रश्न गर्नु यी सबै सूक्ष्म उपाय हुन् । यस प्रकारको सूक्ष्म क्रियाद्वारा मन विषय संश्रव रहित हुनाले नै गुरुले दर्शन दिएर तत्वको स्वरूप प्रकाशद्वारा साधकको मनलाई आकृष्ट गरेर अतर्हित हुनुहुन्छ । त्यस वेला साधकहरू या त अशरीरी वाणी सुनेर या कूटस्थमा उज्ज्वल अक्षरमा लेखिएको भाषा पढेर जान्नु पर्ने विषय–समूह जान्न सक्छन् । अथवा तव अन्तः करणमा यस्तै कुनै भावान्तर आइपुग्छ जसमा ज्ञातव्यविषय आपैm नै आएर मनमा उदय हुन्छ । यसरी श्रवण, दर्शन वोधनद्वारा संशयहरू हटेर निजवोधरूप पूर्ण ज्ञानावस्थामा उपनीत हुन्छन् ।

    यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसि पाण्डव
    येन भूतान्यशेषेण द्रक्ष्यस्यात्मन्यथोमयि ।। ३५ ।।

अन्वय र अर्थ – पाण्डव = हे पाण्डव ! यत् = जुन ज्ञान, ज्ञात्वा = जानेर, त्वं = तिमी, एवं = यस प्रकारको, पुनः = फेरि,मोहं = मोहमा, न यास्यसि = प्राप्त हुने छैनौ । (किञ्च = त्यस्तै) येन = जुन ज्ञानले, भूतानि = सम्पूर्ण प्राणीहरू, अशेषेण = ब्रम्हादेखि लिएर स्तम्बपर्यन्त समस्त, आत्मनि = आपूmमा, अथो = त्यसपछि, (आत्मानं = आपूmलाई) मपि = ममा (रमात्मामा), द्रक्ष्यसि = देख्नेछौ ।

भावार्थ – हे पाण्डव ! जुन ज्ञानलाई जान्नाले तिमीलाई फेरि अरू यस प्र्रकारको मोहमा पर्नु पर्दैन, किन कि त्यस ज्ञानद्वारा ब्रम्हादि स्तम्बपर्यन्त भून समूहलाई अशेष रूपले पहिले आप्mनै आत्मामा त्यसपछि ममा देख्न सक्ने छौ ।

विशिष्टार्थ – यी तीन उपायहरुद्वारा ज्ञानलाई जानिसकेपछि धागोमा मणिहरू उनिएर रहे जस्तै आत्मामा भूतहरूको उपस्थिति छ भन्ने कुरा प्रत्यक्ष देख्न सकिन्छ, केही पनि छुटेको हुँदैन । त्यसकारण 'म' र 'मेरो' रूप संसार मोहमा परिदैन । अनि भूतानि (विश्वप्रपञ्च),आत्मा (क्षरचैतन्य, साधक) र अहं (अक्षर ब्रम्ह) – यी सबै नै स्वरूप–दृष्टिले एक हुन्छ ।  अतएव तब जे जस्तो लक्ष्यमा आउंछ सबैमा 'तत्वमसि'ज्ञानको उपलव्धि हुन्छ ।
 
    अपिचेदसि पापेम्यः सर्वेभ्यः पापकृत्तमः ।
    सर्वं ज्ञानप्लवैनैव वृजिनं सन्तरिष्यसि ।। ३६ ।।

क्रमशः

याे पनि

कर्मसिद्धिको आकाङ्क्षा राख्ने मानिसहरू देवताहरूको पूजा आराधना गर्दछन्

कर्म के हो ? अकर्म के हो ?

संकल्पद्वारा नै कामको उत्पत्ति हुन्छ

आशक्तिको लेश मात्र पनि नरहनाले गुणमयी माया पनि साधकदेखि हार्दछे !

योगीहरू कूटस्थ लक्ष्य राखेर चुपचाप आत्मामा ध्यान केन्द्रित गरेर लाभ लिन्छन्