अब सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्ट्स कोर्स नेपालमा पनि !

अब सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्ट्स कोर्स नेपालमा पनि !

लोकसंवाद संवाददाता  |  शिक्षा  |  कार्तिक १०, २०७६

काठमाण्डौँ । नेपालमा सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्ट्स  सघन (ईन्टेन्सीभ) कोर्स  नेपालमा पनि शुरु भएको छ ।

द ईन्ष्टिच्युट अफ सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अष्टेलिया-ICMAद्वारा संचालित र एकेडेमी अफ म्यानेजमेन्ट एकाउन्टेन्सी नेपाल (एम्यान) को  संयुकुत आयोजनामा शुरु भएको पहिलो ब्याच (पहिलो समूह) को कार्यक्रममा अन्तराष्ट्रिय क्षेत्रका ख्यातीप्राप्त ब्यबस्थापनबिज्ञहरु सि.एम.ए,प्रोफेसर, डा.ब्रान्डन ओकोनल, सि.एम.ए,प्रोफेसर, डा‍. जनेक रत्नातुंगा, सि.एम.ए डा क्रिस डिसुजाले कक्षा संचालनगर्नु भएकाे एम्यानले जनाएकाे छ । 

परिबर्तित बिश्व परिस्थितीमा व्यबस्थापन बिज्ञको बढ्दो आबश्यकता परिपुर्ति गर्न नेपालमा पनि यस खाले कोर्षको शुरुवात गरिएको जनाइएको छ ।  भैसकेको अबस्थालाई मात्र बिश्लेषण गरेर नपुग्ने बरु भबिष्यमा सकरात्मक नतिजा निकाल्न शूरुमै भबिष्यलाई निर्दैशीतगर्ने खालको रणनीतिक योजना बनाएर काम गर्नका लागिपनि सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्टको आबश्यकता महसुस गरिदै आएको थियो ।  

हालबिश्वमा द ईन्ष्टिच्युट अफ सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अष्टेलिया(आइ.सि.एम.ए) ले ३० भन्दा बढी देशहरुमा सर्टिफाईडम्यानेमेन्ट एकाउन्टेन्सी कोर्ष सञ्चालन  गर्दै आएकाे जानकारी एम्यान दिएकाे छ । 

यस सम्बन्धमा गत बर्ष अष्टेलियाको मेलवर्नमा द ईन्ष्टिच्युट अफ सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अष्टेलिया (आइ.सि.एम.ए) र एकेडेमीअफम्यानेजमेन्ट एकाउन्टेन्सी नेपाल(एम्यान) बिच सम्झौता भएपछि नेपालमा पनि सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्ट्स कोर्स  नेपालमा पनि सञ्चालन  गर्ने बातावरण बनेको हो ।

सातदिन सम्म सञ्चालित सो तयारी कक्षाहाल ३५ जना बिभिन्न क्षेत्रका लेखाव्यबसायमा संलग्न ब्यक्तिहरुले लिएका छन् । यस अघि ७ जनाले नेपालबाट सो को पेशागत प्रमाणपत्र लिएका थिए । आज नेपालको पहिलो व्याचको सातदिनको तयारी कक्षा सम्पन्न  गरिएको  एम्यानका  अध्यक्ष कुमारप्रसाद खतिवडाले जानकारी दिनु भएकाे छ ।