९२ जनालाई जुवातास खेलीरहेका अवस्थामा गिरफ्तार !

९२ जनालाई जुवातास खेलीरहेका अवस्थामा गिरफ्तार !

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक ११, २०७६

काठमाडौँ । काठमाडौं महानगरपालिका- ३ महाराजगंज पिपलमार्ग बस्ने ३० वर्षीय बिक्रम गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा बिक्रम गौतम समेत २५ जनालाई नगद २ करोड ६७ लाख रुपैयाँ, ३२ थान कौडा, ४ बुक तास र बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक १ थान सहित  २०७६ कात्तिक १० गते आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका- ३२ जडिबुटी पाल्पाडाँडामा रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-३२ बस्ने ४४ वर्षीय सिताराम सिलवाल समेत ६ जनालाई नगद ५६ हजार रुपैयाँ र ३ बुक तास सहित २०७६ कात्तिक १०  गते आइतबार नै नेपाल प्रहरीले पक्राउ गरेको हाे भने काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने ४५ वर्षीय बालकुमार तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय सविन थापा सहित ९ जनालाई नगद १६ हजार रुपैयाँ र १ बुक तास सहित २०७६ कात्तिक ९ गते शनिबार दिउँसो  नेपाल प्रहरीले पक्राउ गरेको थियाे । 

यसैगरी काठमाडौं महानगरपालिका-२८ बागबजार डेरा गरी बस्ने भारत विहार घर भएका २० वर्षीय विकाश कुमारको कोठामा तास खेलिरहेको अवस्थामा विकाश कुमार समेत ४ जनालाई नगद १ हजार ८ सय २५ रुपैयाँ र १ बुक तास सहित आइतबार बिहान पक्राउ परेका छन् भने  बाजुरा, बुढिनन्दा नगरपालिका- ८ पाण्डुसैन बस्ने २४ वर्षीय उब्जन रावतको पसलमा जुवातास खेलिरहेको अवस्थामा उब्जन राउत समेत १४ जनालाई नगद ७६ हजार ४ सय ३० रुपैयाँ र १ गड्डी तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ

कास्की, पोखरा महानगरपालिका-६ पहारी मार्गस्थित होटल क्रिष्टल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक २९ वर्षीय छबी पौडेल समेत ९ जनालाई नगद १० लाख ५८ हजार ५ सय १० रुपैयाँ र १ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

दाङ, घोराही उपमहानगरपालिका- ८ बेलुवा बस्ने २६ वर्षीय सन्तोष कोरीको घरमा तास खेलिरहेको अवस्थामा सन्तोष कोरी समेत १२ जनालाई नगद ३५ हजार ६ सय ३० रुपैयाँ र १ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पाल्पा, रिब्दिकोट गाउँपालिका- ७ डवका बस्ने हुम बहादुर कुँवरको घरमा कौडा खेलिरहेका अवस्थामा तानसेन नगरपालिका- २ बस्ने ४४ वर्षीय अमन श्रेष्ठ लगायत १३ जनालाई नेपाली नगद ५ लाख ४५ हजार ८ सय ५५ रुपैयाँ र भारतीय २ हजार ५ सय २० रुपैयाँ सहित आइतबार   बिहान नै  प्रहरीले  जानकारी दिएकाे छ ।