दिपेश धामीले गरे ३१ अनाथ बालबालिकालाई लुगा वितरण

दिपेश धामीले गरे ३१ अनाथ बालबालिकालाई लुगा वितरण

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक ११, २०७६

कञ्चनपुर ।  ब्याडमिन्टन खेलकाका नेपाल च्याम्पियन दिपेश धामीकाे तर्फबाट आफ्नाे गृह जिल्ला कञ्चनपुरमा आइतबार अनाथ बालबालिकालाई न्यायो लुगा वितरण उपलब्ध गराउनु भएको जानकारी दिनु भएकाे  छ ।

दशैँ–तिहारको अवसर पारेर  भीमदत्तनगरपालिका–४ स्थित महाकाली अञ्चल बाल अनाथालयमा आश्रय लिइरहेका ३१  बालबालिकालाई न्यानो लुगा (ट्रयाकसुट) वितरण गरिएको हो ।

दिपेशका बुबा राष्ट्रिय खेलकूद परिषद्का पूर्वकेन्द्रीय सदस्य हरकसिंह धामीका अनुसार ले हाल १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेका छोरा दिपेशले बेसहारा बालबालिकालाई सहयोग गर्न खाजा खर्च कटाएर न्यानो लुगा खरीद गरी अनाथ बालबालिकालाई उपलब्ध गराइएकाे जानकारी दिनु भएकाे छ  ।