भारतमा बैतडीका तीन नेपाली मजदूरको हत्या, श्रीमतीप्रति  आशङ्का

भारतमा बैतडीका तीन नेपाली मजदूरको हत्या, श्रीमतीप्रति  आशङ्का

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक ११, २०७६


बैतडी । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको  समाचार छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । बैतडीकाे पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका  २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो ।बोहराले भन्नुभयो, 'उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ', हरे र बीरा सहदोर भाइ हुन् । 

उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा  उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराको भनाइ रहेकाे छ   । शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ । बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा  उनी पनि उतै मजदूरी गर्दै आएका थिए । हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।