‘दुईवटा मुटु एउटै भएको रात’ बाेलकाे म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

‘दुईवटा मुटु एउटै भएको रात’ बाेलकाे म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक १३, २०७६

काठमाडाैँ ।  दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका युवा लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘दुईवटा मुटु एउटै भएको रात’ सार्वजनिक भएको छ ।

भिडियोलाई गीतकार सुखकला राईको युटुब च्यानलबाट सार्वजनिक गर्नु  भएको हो ।

गायक तथा संगीतकार कृष्णभक्त राईको स्वरमा ‘दुईवटा मुटु एउटै भएको रात’ बोलको आधुनिक गीतको म्युजिक भिडियोमा गायक स्वयंको संगीत  रहेको छ । गीतकार तथा छायाँकार राज बान्तावाको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोमा अभिनेता थापासहित लक्ष्मी ल्वागुन र देवाहाङ राईले अभिनय  रहेको छ ।

भिडियोको सम्पादन शिरकुमार साम्पाङले गरेका छन् । भिडियोमा सुनसरी  जिल्लाको धरान  सेरोफेरोका सुन्दर दृश्य समेटिएको छ ।

दुईवटा मुटु एउटै भएको रात भिडियो यहाँ हेर्न सकिन्छ ।