असिना, असिना कसरी बन्यौ, भनन प्लिज

असिना, असिना कसरी बन्यौ, भनन प्लिज

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन ५, २०७५

हिजो शनिबार राजधानी काठमाडौं वरिवरिको क्षेत्रमा बारम्बार बिजुली चम्कियो, बादल गर्जियो । 

शनिबारको दिन सरकारी बिदा भएजस्तै सूर्यले पनि बिदा मानेजस्तै रह्यो । सूर्य आक्कल झुक्कल देखिए पनि अधिकांश समय काठमाडौंको आकाशमा दाखिल रहेनन् । लामो अन्तरालपछि पानीसँगै असिना देख्न पाइयो । बादलमा पानी र असिना कहाँबाट आउँछन् होला ? 

मलाई मात्रै यो जिज्ञासा लाग्यो कि तपाईँहरूलाई पनि यस जिज्ञासाले छोयो ? 

जिज्ञासा शान्त गर्न खोजी गर्न थालें, जति जानकारी पाएँ, लेख्न बसें । अचेल मभित्र जे कुरामा पनि हतारिने प्रवृत्तिले प्रभाव जमाएको छ । के कारण होला यसको ! मैले त केही बुझ्न सकिरहेको छैन । हतारको यो भूत छायाबारे केही जानकारी छ भने रिफर गर्नुहोला । म भने हतारमा असिनाबारे लेख्दैछु । 

वैज्ञानिकहरूका अनुसार धर्तीको सतहमा रहेको तातो हावा विस्तारै उड्दै माथि जान्छ, वा भनौं आकाशमाथि हुँदै जान्छ । हावा जति माथि गयो त्यति नै चिसो हुन्छ । माथिल्लो वातावरणमा हावालाई तातो बनाउने क्षमता हुँदैन । तातो भनेको अणुको ‘भाइब्रेसन’ न हो । पृथ्वीभन्दा माथिल्लो वातावरण अर्थात् आकाशमा (अन्तरिक्ष नभन्नुस्) हावाको दबाब कम हुन्छ । यसकारण हावा आकाशमा छरिन पुग्छ, वा भनौं हावा व्यापक फिजिन्छ । र, तलबाट (पृथ्वी सतहबाट) थप तातो र नम हावाले आकाशमा पहिलादेखि रहेको हावाको नमी झनै बढाउँदै लैजान्छ । यसरी हावामा बढेको यो नमी धुलो, धुवाँ वा सुक्ष्म कणमा टाँसिन पुग्छ, यसलाई हामीले पानीको थोपा भन्छौं । धुलो वा धुवाँको कणमा हावामा रहेको नमी टाँसिएर पानीको स–साना थोपा निर्मित हुन्छन् । यस्ता असंख्य स–साना थोपा मिलेर बादल बन्छ । प्रारम्भमा (निर्मित हुँदा) यी थोपा अति साना भए पनि एक–आपसमा मिलेर ठूलो र भारयुक्त भएपछि यी थोपा तल खस्छन्, आकाशबाट पानी पर्नु भनेको यही हो । 

असिना के हो ? 

पानीका यिनै थोपा (वर्षाको पानीको थोपा) नै असिना बन्ने गर्छन् । माथिल्लो आकाशमा बनेका पानीका स–साना थोपामा हिउँका कण टाँसिन्छन् । यी हिउँका कण बादलमा फरक फरक तापमानका कारणले बन्ने गर्छन् । बादलभित्र ‘हिउँ अंक’भन्दा तल र माथि दुवै खाले तापमान रहन्छ । बादल गर्जिनु र चट्याङ पर्नुको कारण पनि यही नै हो । पानीका स–साना थोपामा हिउँ टाँसिएर ती तल खस्न थाल्छन् । यसरी तल खस्ने क्रममा पानीका अरु थोपा पनि यसमा मिसिन्छन् । पानीको थोपाको तुलनामा हिउँको कण भारी हुन्छ । पृथ्वीबाट आकाशतिर गइरहेको तातो हावाले यी हिउँका कणलाई पुनः माथितिर धकेलिदिन्छ । माथि पुगेर यी हिउँ कण जमेर कडा रूप ग्रहण गर्छन् तथा ठूलो आकार पनि लिन्छन् ।

पानीका यिनै थोपा (वर्षाको पानीको थोपा) नै असिना बन्ने गर्छन् । माथिल्लो आकाशमा बनेका पानीका स–साना थोपामा हिउँका कण टाँसिन्छन् । यी हिउँका कण बादलमा फरक फरक तापमानका कारणले बन्ने गर्छन् । बादलभित्र ‘हिउँ अंक’भन्दा तल र माथि दुवै खाले तापमान रहन्छ । बादल गर्जिनु र चट्याङ पर्नुको कारण पनि यही नै हो । 
पानीका स–साना थोपामा हिउँ टाँसिएर ती तल खस्न थाल्छन् । यसरी तल खस्ने क्रममा पानीका अरु थोपा पनि यसमा मिसिन्छन् । पानीको थोपाको तुलनामा हिउँको कण भारी हुन्छ । पृथ्वीबाट आकाशतिर गइरहेको तातो हावाले यी हिउँका कणलाई पुनः माथितिर धकेलिदिन्छ । माथि पुगेर यी हिउँ कण जमेर कडा रूप ग्रहण गर्छन् तथा ठूलो आकार पनि लिन्छन् । भारयुक्त भएर यी फेरि तल खस्छन्, पृथ्वी सतहबाट गइरहेको हावाले यिनलाई फेरि माथि हुत्याउँछ । तल खस्ने र पुनः  माथि पुग्ने प्रक्रियाले यिनको आकार ‘सिसाको गोली’ जत्रै वा अझ ठूलो हुन पुग्छ । र, अन्तमा पृथ्वी सतहबाट माथि गइरहेको हावाले माथि हुत्याउन नसकेपछि यी ‘सिसाका गोली’ पृथ्वीमा खस्छन् । 

विज्ञानले असिनाबारे यसरी नै व्याख्या गर्छ । तपाईँसँग पनि कुनै व्याख्या छ भने भन्नुस् ।