सांसद राजेन्द्र गौतमको कोठाबाट ३ लाख बराबरको चोरी

सांसद राजेन्द्र गौतमको कोठाबाट ३ लाख बराबरको चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक १५, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद राजेन्द्र गौतमको बानेश्वरस्थित कोठामा चोरी भएको छ । बिहीवार दिउँसो घरमा कोही नभएको बेला चोरी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

प्रहरीले सांसद गौतम र उहाँको परिवार बाहिर भएका बेला दिउँसो चोरी भएको जानकारी दिएकाे छ ।

सांसद गौतमका अनुसार उहाँको कोठाबाट २ तोला सुन र नगद गरी ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

सांसद गौतम संखुवासभाबाट प्रतिनिधिसभामा निर्वाचित हुनुहुन्छ ।