सत्कर्म गर्नु पनि मुमुक्षुका लागि पाप !
कार्तिक १६, २०७६

अपिचेदसि पापेम्यः सर्वेभ्यः पापकृत्तमः ।
  सर्वं ज्ञानप्लवैनैव वृजिनं सन्तरिष्यसि ।। ३६ ।।

अन्वय र अर्थ – चेत् = यदि, सर्वेभ्य = सम्पूर्ण, पापेभ्यः = पापीहरू  भन्दा,  अपि = पनि, (त्वं = तिमी) पापकृत्तमः = अत्यन्त पापी, असि = छौ,  (भने पनि), ज्ञान प्लवेन = ज्ञानरूप डुंगाद्वारा, एव = नै, सर्वं = सम्पूर्ण, वृजिनं = पापरूपी समुद्रलाई, सन्तरिष्यसि = पार गर्ने छौ ।

भावार्थ – यदि तिमी पाप गर्ने सबै पापीहरू भन्दा अधिक पाप गर्ने हौ भने पनि ज्ञानरूप डुंगाद्वारा समस्त पापरूप समुद्रलाई तर्नेछौ ।

विशिष्टार्थ – मुमुक्षुका लागि सत्कर्म गर्नु पनि पाप हो । किन कि चाहे सत् होस् वा असत् कर्म रहनाले मुक्ति हुँदैन, कर्मक्षय नभएसम्म सत् असत् फलद्वारा आबद्ध हुनुनै पर्दछ । त्यो बन्धन नै पाप हो । ज्ञानको स्वरूप जानेपछि अन्तः करणवृत्ति केही नरहेर अन्तर्मुखी भइदिंदा कर्म समूह संख्यामा जति अधिक, असंख्य भए पनि स्वतः त्याग हुन्छ अर्थात ज्ञानविद् अज्ञान चक्रमाथि कर्मको अतीत स्थानमा चित्तलाई निवेश गरेर रहन्छन्, त्यसकारण कर्मले उनीहरूलाई छुन पनि सक्दैन ।


    यथैधांसि समिद्धोऽग्नि र्भस्मसात् कुरुतेऽर्जुन ।
    ज्ञानाग्निः सर्वकर्माणि भस्मसात् कुरुते तथा ।। ३७ ।।

अन्वय र अर्थ – अर्जुन = हे अर्जुन! यथा = जसरी, समिद्धः राम्ररी बलेको, अग्निः = अग्निले एधांसि = काठ (इन्धन) हरूलाई भस्मसात् = भस्मरूप, कुरुते = गर्दछ, तथा = त्यसरी नै, ज्ञानाग्निः = ज्ञानरूप अग्निले, सर्वकर्माणि = सम्पूर्ण कर्महरूलाई, भस्मसात् = खरानी अर्थात् निर्जीव, कुरुते = गर्दछ ।

भावार्थ – हे अर्जुन ! जसरी राम्ररी बलेको आगोले काठ दाउराहरूलाई खरानी पार्दछ, त्यसरी नै ज्ञानरूपी अग्निले सम्पूर्ण कर्महरूलाई भस्मासात् अर्थात् निर्जीव पार्दछ ।

विशिष्टार्थ – ज्ञानीहरू सहस्रारमा पुगेर बसेपछि कर्मदेखि अतीत हुन्छन् । कर्मले ज्ञानीलाई स्पर्श गर्न  सक्दैन परन्तु जब उनीहरू फेरि ओर्लेर विषयभित्र प्रवेश गर्दछन् तब उनीहरूको जुन प्रकारको अवस्था हुन्छ त्यही कुरा यस श्लोकमा वताइएको छ ।

कर्म तीन प्रकारका हुन्छन् – पहिलो–प्रारब्ध कर्म – जसले फल दिन आरम्भ गरेको छ अर्थात् जसको फल यो शरीर हो । दोस्रो–सञ्चित कर्म – जसको फल संचय हुन्छ, फल दिन आरम्भ भएको छैन, फल पछि दिनेछ । तेस्रो–भावी कर्म अहिलेसम्म अनुष्ठित भएको छैन, भविष्यमा हुनेछ ।

अग्निको सहायताले काठको जल वायु अंश उडेर जान्छ केवल पृथ्वी अंश भस्मरूपमा देखिन्छ । त्यो पनि अत्यन्त हलुका र सूक्ष्म । ठीक त्यस्तै–ज्ञानोदय भएपछि सञ्चित कर्म कर्मीलाई छोडेर महाकाशमा मिल्दछ । भावी कर्म अनुष्ठित भएर पनि कमलको पात माथिको पानी जस्तै कर्मीलाई लिप्त गर्न सक्दैन । प्रारब्ध कर्म जुन यो शरीर हो त्यो रहन्छ परन्तु रहेर पनि भस्मवत हुन्छ । सर्वसिद्धिद्वारा त्यो यसरी आयत्ताधीन हुन्छ कि त्यसले कर्मीलाई अरू अभिमूत गर्न सक्दैन । कर्म–भोग, जीवनमरण ज्ञानीका इच्छाधीन हुन्छन् ।

    न हिज्ञानेन सहशं पवित्रमिह विद्यते ।
    तत्स्वयं योगसंसिछः कालेनात्मनि विन्दति ।। ३८ ।।

अन्वय र अर्थ – इह = तप, योग, यज्ञ आदि मध्ये, ज्ञानेन = ज्ञान, सद्दशंं = बराबर, पवित्रं = पवित्र गर्ने, न हि विद्यते = अरू केही छैन, योगसंसिद्धः = कर्मयोग समाधियोग आदिको अनुष्ठानद्वारा योग्यतामा पुगेको मुमुक्षु, तत् = त्यो ज्ञानलाई, कालेन = समय आए पछि, स्वयं = आपैm, आत्मनि = आप्mनै आत्मामा, विन्दति = साक्षात्कार गर्दछ ।

भावार्थ – तपोयोगादिमध्ये ज्ञान सद्दश पवित्र गर्ने अरू केही पनि छैन । योगानुष्ठानमा योग्यता प्राप्त भएपछि साधकले काल प्रभावले आपूmमा नै स्वयं त्यस ज्ञानलाई प्राप्त गर्दछ ।

विशिष्टार्थ – ज्ञान नै मूल चैतन्याप्रकृति हो, अतः यही नै ब्रम्हको स्वरूप विकास हो । विकासमा विकार आउनासाथ नै ज्ञानबाट चौवीस तत्वहरूको उत्पत्ति हुन्छ । त्यसकारण विश्वको तुलनामा ज्ञान नै एक मात्र पवित्र छ । हो, तपोयज्ञद्वारा चित्त शुद्ध हुन्छ परन्तु ज्ञानयज्ञ नभएपछि ब्रम्हविद् भइदैन, मुक्तात्मा भइदैन, त्यसकारण ज्ञान पवित्र छ । तर ज्ञान कर्म निरपेक्ष भने छैन । कर्म योगमा सिद्धिलाभ गर्न नसकेपछि ज्ञानयोगको अधिकारी भइदैन । कर्मयोगद्वारा विषय विक्षेप विहीन स्थिर, धीर अवस्थामा कूटस्थमा अवस्थित भए पछि फेरि यस्तो समय आउंछ कि अरू कुनै आभास रहदैन, चेष्टा गर्नु पर्दैन, मन आपैm ज्ञानको आकर्षणमा पर्दछ, त्यसको संकल्प वीज पनि नष्ट हुन्छ र पूर्ण ज्ञानको उदय हुन्छ ।
    श्रद्धावान् लभते ज्ञानं तत्परः संयतेन्द्रियः ।
    ज्ञानंं लब्धा परां शान्तिमचिरेणाधिगच्छति ।। ३९ ।।

अन्वय र अर्थ – श्रद्धावान् = भक्तिपूर्वक कर्मानुष्ठानकारी, तत्परः = ज्ञान प्राप्तिका लागि गुरुशुश्रूषादि  उपायमा  राम्ररी  लागेको, स ंयतेन्द्रियः  =  इन्द्रियहरूलाई वशमा  राखेको  (त्यस्ताले) ज्ञानं = ज्ञान, लभते = प्राप्त गर्दछ, ज्ञानं = ज्ञान, लब्ध्वा = प्राप्त गरेर, अचिरेण = शीघ्रनै, परां = मोक्षरूप, शान्तिं = शान्तिमा, अधिगच्छति = प्राप्त हुन्छ ।

भावार्थ – जुन साधक श्रद्धावान्, तत्पर र संयतेन्द्रिय छन् तिनीहरूले ज्ञान लाभ गर्दछन्, ज्ञान लाभ गरेर शीघ्र नै परम शान्तिमा प्राप्त हुन्छन् ।

विशिष्टार्थ – साधकले ३४ औंं श्लोकको प्रकरण अनुसार प्राणिपात, परिप्रश्न र सेवाद्वारा ज्ञान प्राप्त गर्नु पर्छ । यी तीन प्रकरणको संसिद्धिबाट ज्ञान प्राप्त गरिसकेपछि अन्नमय कोषलाई अतिक्रमण गरेर सहस्रारको क्रियाद्वारा सहस्रारमा पुगेर बसेपछि ती प्रत्येक  तीन प्रकरण अनुरूप तीन प्रकारको मनोमयअवस्था आउंछ । जस्तो– १. श्रद्धावान्, २. तत्पर, ३..संयतेन्द्रिय ।

श्रद्धा = श्रत् = विश्वास (विगत स्वास)+धा = धारण गर्नु, स्वासको क्रियाद्वारा मनलाई उठाएर भित्र धारण गर्नुको नाम श्रद्धा हो, यसैको नाम मनमा मन दिनु हो । जब साधक यस अवस्थामा आइपुग्दछ अनि मात्र ऊ श्रद्धावान् हुन्छ । श्रद्धावान् भएपछि जुन सूक्ष्मति सूक्ष्मदर्शन, श्रवण, मननादि क्रिया भइरहन्छ ती सबैलाई एकाग्र गरे तत् ब्रम्हमा अर्थात् विन्दुनादमा रत हुनु पर्दछ , यही नै तत्पर अवस्था हो । यसरी गर्नाले दर्शन श्रवण, मननादि वृत्ति एकमा आकृष्ट हुन्छन् अर्थात् आप्mना आप्mना पृथक् कर्म परित्याग गरेर संयत हुन्छन्, अर्थात् परस्पर मिलेर एक हुन्छन् । यो नै संयतेन्द्रिय अवस्था हो । यो अवस्था आउनाले नै साधकले ज्ञान लाभ गर्छ अर्थात् त्यति समयसम्म अन्तः करण भित्र दर्शन, श्रवण, मननादिद्वारा जसको स्वरूप जानिराखेको थियो अब त्यही दर्शन, श्रवण, मननादि सबै मिलेर एक रस भएर आएर त्यही स्वरूपमा पर्दछ, चित्तवृत्ति सबै उड्छन्, साधकको अहं ज्ञानमय हुन्छ, यही नै ज्ञानलाभ हो । यो ज्ञानलाभ भएपछि नै तत्क्षणात् पराशान्ति अर्थात् कैवल्य वा ब्राम्हीस्थितिको प्राप्ति हुन्छ ।

(श्रद्धावान् – यो श्रद्धावान् आदि अवस्थात्रय प्रणिपात, परिप्रश्न र सेवाको फल हो । बास्तवमा सूक्ष्म प्रणिपातादि भन्दा पहिले नै साधक स्थूल भावले श्रद्धावान्, तत्पर र संयतेन्द्रिय हुनु पर्दछ । यस्तो नभएमा प्रणिपातादिमा अधिकार हुँदैन । स्थूलभावको श्रद्धावान् = गुरु–वेदवाक्यमा विश्वासी, तत्पर = त्यस विश्वासका साथ क्रियानुष्ठानकारी र संयतेन्द्रिय = ब्रम्हचर्य परायण ।)

तर ज्ञान कर्म निरपेक्ष भने छैन । कर्म योगमा सिद्धिलाभ गर्न नसकेपछि ज्ञानयोगको अधिकारी भइदैन । कर्मयोगद्वारा विषय विक्षेप विहीन स्थिर, धीर अवस्थामा कूटस्थमा अवस्थित भए पछि फेरि यस्तो समय आउंछ कि अरू कुनै आभास रहदैन, चेष्टा गर्नु पर्दैन, मन आपैm ज्ञानको आकर्षणमा पर्दछ, त्यसको संकल्प वीज पनि नष्ट हुन्छ र पूर्ण ज्ञानको उदय हुन्छ ।

अज्ञश्चाश्रद्दधानश्च संशयात्मा विनश्यति ।
 नायं लोकोऽस्ति न परो न सुखं संशयात्मनः ।। ४० ।।

अन्वय र अर्थ – अज्ञः = आत्मज्ञाले रहित, अश्रद्दधानः = श्रद्धाहीन, च = र, संशयात्मा = सन्दिग्धचित्त, च = पनि, विनश्यति = नष्ट हुन्छ, संशयात्मानः = संशयचित्त भएका का लागि, अयं = यो साधारण, लोक = मनुष्य लोक, न अस्ति = छैन, परः = परलोक, न (अस्ति) छैन, सुखं, न (अस्ति) = छैन ।

भावार्थ – अज्ञ श्रद्धाहीन र संशययुक्त मनुष्य विनष्ट हुन्छ । संशयात्माको लागि यो लोक पनि छैन, परलोक पनि छैन र सुख पनि छैन ।

विशिष्टार्थ –  प्रणिपात, परिप्रश्न र सेवाद्वारा जसले  जान्नु पर्ने विषय जान्दैनन् अर्थात् जुन पुरुष क्रियावान् छैनन् ती अज्ञ हुन् । जुन साधक प्रणिपातादिद्वारा जानेर पनि पूर्व श्लोक अनुसार श्रद्धावान् छैन अर्थात् जसले मनमा मन दिएर अन्तर्निष्ट हुँदैन त्यो अश्रद्दधान हो । गुरु वेदान्तवाक्यमा जसको स्थिर विश्वास छैन अर्थात् जसको चित्त संशयले युक्त छ, प्रणिपातादि, प्रकरणका  साथ क्रियानुष्ठानमा अग्रसर हुँदैन जो सूक्ष्म श्रद्धावानादि अवस्था विषयमा अनभिज्ञ छ त्यही संशयात्मा हो । यी तीन जना आत्मगतिबाट भ्रष्ट भएर संसार  गतिमा प्राप्त हुन्छन् । यी मध्ये पहिला दुई केही असुल हुन् किन  कि ती दुवैले अलि कति  (केही भए पनि) योग भ्रष्टले  जस्तो गति पाउँछन्, परन्तु संशयात्माको लागि यो लोक परलोक दुवैमा शान्ति पनि  छैन, सुख पनि छैन अर्थात् अन्तराकाश अज्ञानान्धकारले ढाकिएको हुँदा त्यसले प्रकृत बाटो पनि पाउँदैन, ऊ केवल ज्वाला यन्त्रणामय संसारावर्तमा घुमिरहन्छ ।

    योग संन्यस्तकर्माणं ज्ञानसंछिन्न संशयम् ।
    आत्मवन्तं न कर्माणि निबध्नन्ति धनञ्जय ।। ४१ ।।

क्रमश:

यो पनि 

कर्म के हो ? अकर्म के हो ?

संकल्पद्वारा नै कामको उत्पत्ति हुन्छ

आशक्तिको लेश मात्र पनि नरहनाले गुणमयी माया पनि साधकदेखि हार्दछे !

योगीहरू कूटस्थ लक्ष्य राखेर चुपचाप आत्मामा ध्यान केन्द्रित गरेर लाभ लिन्छन्

ज्ञान के हो ! याे प्राप्तिकाे स्थूल उपाय !!