व्रतालुहरूद्वारा उदाउँदो सूर्यलाई अर्घ  दिई याे वर्षाको  छठपर्व सम्पन्न

व्रतालुहरूद्वारा उदाउँदो सूर्यलाई अर्घ  दिई याे वर्षाको  छठपर्व सम्पन्न

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक १७, २०७६

धनुषा ।  व्रतालुहरूले आज २०७६ साल कात्तिक १७ गते आइतबार  उदाउँदो सूर्यलाई अर्घ दिई यो वर्षकाे छठपर्वको समापन गरिएकाे छ । छ

ठपर्वको मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउँदाे सूर्यलाई र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गर्ने परम्परा रहेको छ ।

व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरिएकाे थियाे । 

 अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने परम्परा रहेकाे छ । सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिने गरेकाे छ । 

छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपनका रुपमा लिइँदै आएकाे छ ।  छठपर्व विशेषागरी महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष मानिन्छ ।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको

रूपमा लिइने गरिन्छ ।  यो पर्वमा धनी, गरीब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिने गर्दृछ ।

खाशगरी आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो छठपर्वको थप मौलिक पहिचान पनि हो ।

 सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने आाम जनविश्वास रहि आएकाे छ ।