राष्ट्रिय युवा संघ नेपालले टु‌ंग्यायो एकता : ४२ जिल्लामा युवा संघ, ३५ मा वाईसीएल

राष्ट्रिय युवा संघ नेपालले टु‌ंग्यायो एकता : ४२ जिल्लामा युवा संघ, ३५ मा वाईसीएल

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १७, २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भ्रातृस‌ंगठन राष्ट्रिय युवा संघ नेपालले केन्द्रमा एकता भएको पाँच महिनापछि सबै जिल्ला कमिटीको एकीकरण टुंगो लगाएको छ । 

संघको शनिबार बसेको बैठकले भागबण्डाका आधारमा एकीकरण टुंगो लगाएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

७७ जिल्लामध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र माओवादी निकट वाईसीएलले ३५ जिल्ला इन्चार्ज पाउने गरी भागबण्डा टुंग्याएको हो । एउटा संगठनले इन्चार्ज पाएको ठाउँमा अर्को सहइन्चार्ज रहने गरी सहमतिमा गरिएको छ ।

पढ्नुहोस् विज्ञप्ति :